MENU

बातावरण-कृषि

Ncell Axiata

जुम्लामा स्याउ टिप्ने चटारो

नेत्र शाही/उज्यालो ।

जुम्ला, भदौ १० – यसवर्षका जुम्लाको स्याउ धमाधम निर्यात हुन थालेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १ गते सिफारिस दिएपछि जुम्लाबाट स्याउ धमाधम निर्यात हुन थालेको हो । जुम्लाको स्याउ अहिले निर्यात गर्न व्यापारी  बगैचामा पुगेका  छन् ।

जिल्लाको चन्दननाथ नगरपालिका–१० बारकोटे गाउँका छक्कबहादुर शाहीले यसवर्ष ३० टन स्याउ बगैचाबाटै बिक्री गर्नुभएको छ । यसैगरी त्यही गाउँका उपेन्द्रबहादुर शाहीले २० टन स्याउ बिक्री गर्नुभएको छ । चन्ददननाथ नगरपालिकामा रहेको आर के प्रोसेसिङ तथा हर्टिकल्चर डिस्ट्रिलरीका मालिक रामकृष्ण चौलागाईले स्याउ खरिद गर्नुभएको हो । उहाँल ग्रेडिङ गरेको स्याउ किलोको ६० र कमसल खालको स्याउ किलोको ४० रुपैयाँमा खरिद गरिएको उहाँले बताउनुभयो । वारकोटे गाउँका किसान छक्कबहादुर शाहीले घरबाटै १२ लाखको स्याउ बिक्री गरेको बताउनुभयो । उहाँले व्यापार गर्न बाहिर जानुभन्दा आफ्नै ब्यापारीलाई दिदा सुनिश्चत हुने भएकाले बगैचाबाटै बिक्री गरिएको बताउनुभयो । यसैगरी उपेन्द्रबहादुर शाहीले साढे ४ लाख रुपैयाँको स्याउ बिक्री गरेको बताउनुभयो ।

छक्कबहादुर र उपेन्द्र जस्ता किसान नमूनाको रुपमा मात्रै हुनुहुन्छ । अहिले जिल्लामा धमाधम स्याउ टिपेर निर्यात गर्ने चटारो छ । व्यापारी रामकृष्ण चालागाईले जुम्लाको अर्गानिक कार्टुन निर्माण गरि व्यवस्थित तरिकाले काठमाडौं निर्यात गर्न सुरु गर्नु भएको छ । उहाँले अंग्रेजीमा जुम्ला अर्गानिक एप्पल लेखिएको कार्टुन उत्पादन गरी प्रति कार्टुनमा ११ किलो प्याकिङ्ग गरी पठाउन थाल्नुभएको छ । कृषि कार्यालयले भदौ १ गतेदेखि स्याउ टिप्न र बाहिर पठाउन सूचना गर ेपनि लुकेर साउनको अन्तिम हप्तामै स्याउ लैजानेले समस्या बनाएको कृषि विकास कार्यालयले जनाएको छ । अहिलेसम्म पाँच सय ४२ मेट्रिक टन स्याउ जुम्लाबाट बाहिरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया