MENU

बातावरण-कृषि

Ncell Axiata

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा

काठमाडौं, भदौ ११ – काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा अहिले ठूलो पानी परिरहेको छ । बंगलको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले ठूलो पानी परेको मौसमविद शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले नजिकै एउटा ठाउँमा पानी परेपनि अर्को ठाउँमा चर्को घाम लागिरहेको छ । अहिले पानी परेका ठाउँको मौसम एकैछिनमा खुल्ने उहाँले बताउनुभयो । आइतबार देशका धेरै ठाउँको मौसम सामान्यतया बदली भइ केही ठाउँमा पानी पर्ने मौसमविद्ले कँडेलले बताउनुभयो ।

यसैबिच पूर्वी तराईका झापा, मोरङ, सुनसरी, सप्तरी आसपासका नदीमा बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

सप्तकोशी, बागमती, नारायणी, पश्चिम राप्ती, कर्णाली र महाकाली नदीमा सोमबार बिहानसम्म नै जोखिम भएकाले सावधानी अपनाउन शाखाले सुझाव दिएको हो । यस्तै पहिरो गएको ठाउँमा थप पहिरो खस्ने संभावना पनि भएकाले आवातजावत गर्दा सतर्कता अपनाउनुपर्नेछ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया