MENU

विज्ञान प्रविधि

Ncell Axiata
sagun

ओप्पो ए ३७ नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं, भदौ १२ – मोबाइल फोन ब्रान्ड ओप्पोको सेल्फी एक्स्पर्ट ए ३७  कालो रंगमा नेपाली बजारमा आएको छ । उपभोक्तालाई क्यामेरा फोनमार्फत फरक अनुभव दिने गरी ओप्पो ए ३७ कालो रंगमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसको मूल्य १५ हजार ५ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।

ओप्पो ए ३७ ले कम प्रकाश भएका ठाउँमा समेत आकर्षक सेल्फी खिच्ने कम्पनीको दावी छ । फोनमा ५ मेगा पिक्सेल क्षमताको फ्रण्ट क्यामेरामा १ र ४ ईञ्च सेन्सर तथा १ र ४ म्यूएम पिक्सेल सहितको ब्याकसाइड ईल्लुमिनेशन राखिएको छ ।

डिस्प्लेको माध्यमबाट फ्ल्यास फाल्ने प्रविधि भएकाले यो फोनले जुनसुकै अवस्थामा प्राकृतिक तथा उज्यालो सेल्फीको सुनिश्चितता दिने कम्पनीको दाबी छ ।

फोनमा अल्ट्रा एचडी मोडको सुविधापनि उपलब्ध छ । यो मोडले लगातार ५ तस्विर खिचेर तिनमा रहेका उत्कृष्ट मात्र राखेर जीवन्त रंग र विवरण सहित २४ मेगा पिक्सेलको तस्विर कैद गर्न सघाउने कम्पनीको दावी छ । 

ए३७मा पाम सटल फिचरपनि उपलब्ध छ । यो फिचरको माध्यमबाट प्रयोगकर्ताले फ्रण्ट क्यामेरामा तिर हत्केला हल्लाएकै भरमा तस्विर लिन सक्छन् । साथै टाइमरको ब्यवस्था समेत रहेको छ । फोनमा ९ आकर्षक फिल्टर र सुटिङ मोडको व्यवस्था पनि रहेको छ । 

विशेषता :

  • दुई फोर जी सिम स्लट
  • एमपी रियर क्यामेरा
  • ५ एमपी फ्रन्ट क्यामेरा
  • २ जिबी र्‍याम
  • एक्स्पान्डेबल मेमोरी स्लट

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • पृथ्वीमा रात हराउँदै

    मंसिर ९ – कृत्रिम उज्यालोका कारण पृथ्वीमा रात हराउँदै गएको एक अध्ययनले देखाएको छ । मानव निर्मित प्रकाशका कारण पछिल्लो समय पृथ्वीमा रात कम हुँदै गएको र हरेक वर्ष यो क्रम बढ्दो रहेको अनुसन्धानमा संलग्न जर्मन रिसर्च सेन्टर फर जिओसाइन्सका अनुसन्धानकर्ताले बताएका छन् ।

  • उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपात हुने, देशभर चिसो बढ्यो

    काठमाडौं, मंसिर ९ – अबको दुई दिन उच्च हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने मौसमविदले अनुमान गरेका छन् । पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापिय रेखाको प्रभावले उच्च हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने अनुमान गरिएको मौसमविद विभूति पोख्रेलले जानकारी दिनुभयो ।

  • एनसेलको ‘डिजिटल ज्याम’

    काठमाडौं, मंसिर ८ – एनसेलले आफ्ना सबै कर्मचारीमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीका सेवालाई थप परिस्कृत तथा सेवाप्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले बिहीबार ‘डिजिटल ज्याम’ कार्यक्रम आयोजना गरेको छ ।

  • चीनमा एप्पलले हटायो स्काईपसहितका एप्लिकेशन

    मंसिर ६ – एप्पलले चीनमा आइफोनका लागि एप्पलको एप स्टोरबाट स्काइप, इन्टरनेट फोन र म्यासेन्जरको सुविधासहितका एप्लिकेशन हटाएको छ । चीन सरकारले आफ्नो कानुनी साशनमा असर पर्ने भन्दै एप स्टोरबाट एप्लिकेशन हटाउन लगाएको हो ।

  • नगदबिना मोबाइलबाटै कारोबार गर्न मिल्ने प्रविधि ‘खल्ती’ लोकप्रिय बन्दै

    काठमाडौं, मंसिर ५ - नगद नबोकी कारोबार गर्न सकियोस् भन्ने उद्देश्यले २०१७ को जनवरीबाट नेपालमा भित्रिएकोे ‘खल्ती डिजिटल वालेट’ मोबाइल एप्लिकेशन लोकप्रिय बन्दै गइरहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया