MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

एउटा तालिमले फेरिएको जीवन, एक कठ्ठामा एक लाखको टमाटर

समन तिमल्सिना/उज्यालो । 

विराटनगर, भदौ १३ – मोरङको कोशी हरैचा–१ का किसान लोकेन्द्र ढकाल बारीमा लगएको तरकारीको बेर्ना स्याहार्न व्यस्त हुनुहुन्छ । तरकारी खेतीमा उहाँ लागेको ९ वर्ष पुगिसकेको छ । अहिले केही सजिलो र सन्तोष छ तर सुरुका दिन उहाँका लागि त्यती सजिला थिएनन् ।   

२०६० सालमा दुई छोरी र श्रीमतीलाई घरमै छाडेर उहाँ कतार लाग्नुभयो । आफ्नो घर परिवार छाडेर विदेशिने मन त कसको नै पो हुन्छ र ? तर मनभरि पैसा कमाउने रहरै रहर साँचेर उहाँ विदेशिनु भएको थियो । ढकाल  कतारमा तीन वर्ष बस्नु भयो । त्यो अवधि उहाँका लागि निक्कै कष्टकर रह्यो ।  

उहाँले भन्नुभयो ‘विदेशमा पैसा कमाउन मैले दैनिक १८ घण्टासम्म काम गर्नु पर्थ्यो । जेनतेन तीन वर्ष विदेशमा बिताएपछि म फर्किएँ । विदेशमा भन्दा नेपालमा नै केही गर्न सकिन्छ भन्ने सोचेर नै म नेपाल फर्किएको हुँ । विदेशबाट नेपाल फर्किँदा झण्डै ६ लाख जती कमाएर फर्किएको हुँ । त्यो रकम एउटा घर बनाउन मै सकियो । अब के गर्ने त ? म अलपल्लमा परेँ । खेती गर्छु भन्ने लाग्यो तर परम्परागत खेतीबाट त्यती धेरै फाइदा लिन गाह्रो हुने अनि अरु केही गरौँ न त भन्दा हातमा केही सीप नै थिएन । त्यही भएर पनि तरकारी खेतीमा नै केही गर्नुपर्छ भन्नेलाग्यो र त्यही सोच बनाएर २०६५ सालमा  व्यावसायिक रुपमा तरकारी खेतीमा लाग्ने निर्णय गरेँ ।’

त्यसयता उहाँले तरकारी खेतीलाई नै आफ्नो जीविकाको आधार बनाउनुभएको छ । ‘तालिम, सीप, बिउको अवस्था केही पनि थाहा थिएन । तर एमडिएमएसले वल्र्ड भिजनको साझेदारीमा कृषि  भ्रमणमा  लगेपछि तरकारी खेतीबाट धेरै फाइदा हुन्छ भन्ने जानकारी पाएँ’ उहाँ भन्नुहुन्छ,  ‘अहिले खेती कम छ आम्दानी बढी ।’

बिउ पुँजीको बारेमा जानकारी नहुँदासम्म अलमलमा परेका बेला एमडिएमएसले दिएको तालिमपछि एक कठ्ठामा १ लाख रुपैयाँसम्मको टमाटर फलाएर बेचेको उहाँले बताउनुभयो । उहाँले अहिले १५ कट्ठामा तरकारी खेती गर्दै आउनुभएको छ । यही खेतीबाट उहाँको परिवार चलेको छ । उहाँले अहिले १२ महिना नै तरकारी खेती गर्दै आउनु भएको छ ।

आर्थिक अभाव भएका बेल तरकारी खेतीमा लाग्नु भएका ढकालले अहिले एउटी छोरीलाई ईन्जिनियरिङ बढाउनु भएको छ । कान्छी छोरी स्थानीय स्कुलमा कक्षा १० मा बढ्दै छिन् भने एउटा छोरा कक्षा २ मा पढ्दै आएका छन् । उहाँले आगामी दिनमा कृषिलाई व्यावसायिकताका लागि नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै थप फाइदा लिने विश्वास लिनु भएको छ ।   

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • वर्षा नहुँदा गहुँ छर्न समस्या

    बैतडी, मंसिर २१ – आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् ।

  • आज कहाँ पानी पर्ने सम्भावना, कहाँ पर्दैन ?

    काठमाडौं, मंसिर २१ – देशका एक दुई ठाउँमा बिहीबार फाट्टफुट्ट पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । भारतको गुजरात नजिकै अरब सागरमा बनेको सामुन्द्रिक चक्रवात ओकी को प्रभावले पश्चिममा र बंगालको खाडीमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वका एक दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने संभावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

  • प्रकृति र वन्यजन्तु संरक्षणलाई पाठ्यक्रममा समावेश गर्न प्रभावकारी हुने :विज्ञ

    काठमाडौं मंसिर १९ – प्रकृति र वन्यजन्तु संरक्षणलाई पाठ्यक्रममा समावेश गर्न सकेमा वातावरण संरक्षण अभियान प्रभावकारी हुने विज्ञहरुले जनाएका छन् । प्रकृति र वन्यजन्तुका विषयलाई विद्यालय शिक्षासँग जोड्न सकिए संरक्षणमा प्रभावकारी नतिजा आउनेमा उनीहरुले जोड दिएका हुन् ।

  • हिउँ परेपछि बाजुराको जनजीवन कष्टकर

    बाजुरा, मंसिर १९ – बाजुरालगायत सुदूर पश्चिमका उच्च हिमाली जिल्लामा परेको हिमपातले चिसो बढाउँदा त्यस क्षेत्रको जनजीवन कष्टकर भएको छ ।

  • प्लाष्टिकजन्य फोहोरले समुद्री जीवन खतरामा

    मंसिर १९ – प्लाष्टिकजन्य फोहोरका कारण समुद्री जीवनमा खतरा बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया