MENU

यो पनि समाचार

Ncell Axiata
chhaka panja

दक्षिण अफ्रिकामा मान्छेको मासु खाएको आरोपमा ५ जना पक्राउ

भदौ १३ – दक्षिण अफ्रिकाको क्वाजुन्जु–नटाल प्रान्तको शायामोया गाउँमा टाउको बिनाको लास भेटिएपछि खैलाबैल मच्चियो । गएको जुलाईदेखि बेपत्ता भएका २५ वर्षका जोनेल लाशवेयो लास टाउको नभएको अवस्थामा भेटिएको हो । उनका परिवारले लाशवेयो नरभक्षी मानवको शिकार बनेको आरोप लगाएका छन् । प्रहरीले यो घटनामा संलग्न भएको आरोपम अहिलेसम्म पाँचजनालाई पक्राउ गरेको छ । 

आफूलाई पारम्परिक डाक्टर बताउने एक व्यक्तिले प्रहरीकोमा गएर आफूले मानिसको मासु खाने गरेको र अब चाहिँ मानिसको खाँदा खाँदा थाकेको बताए । ती व्यक्तिले प्रहरीसँग यस्तो बताएपछि मात्रै गाउँबाट बेपत्ता भएका व्यक्तिको मासुकै लाग हत्या हुने गरेको रहस्य खुलेको हो । त्यही व्यक्ति बस्दै आएको क्षेत्रबाट जोनेल लाशवेयाको टाउको बिनाको लास भेटिएको हो । 

प्रहरीले सुरुमा आफूले मान्छेको मासु खाने गरेको बताउने व्यक्तिको कुरा पत्याएन । तर ती व्यक्तिले सबुतको रुपमा रगत लत्तपतिएको हात खुट्टा पेश गरेपछि प्रहरीले उनलाई पक्राउ गर्‍यो । त्यसपछि प्रहरी ती व्यक्ति भाडामा बस्दै आएको घरमा गयो । त्यहाँ खाना पकाउने भाँडोमा मानिसका ८ वटा कान राखिएको थियो । घरमा रहेको एउटा सुटकेसमा मानव शरीरका विभिन्न अंग भेटियो । प्रहरीले त्यही घरबाट जोनेल लाशवेयोको रगत लत्तपतिएको कपडा पनि बरामद गरेको छ । जोनेलको परिवारले कपडाको सनाखत गरेका हुन् । तर आफूलाई पारम्परिक डाक्टर बताउने व्यक्तिको घरमा भेटिएका अंग जोनेलके हो कि होइन अहिलेसम्म पुष्टि भएको छैन । त्यसका लागि डिएनए परीक्षण गरिएको छ र प्रहरी त्यसको रिर्पोटको प्रतिक्षामा छ । 

आरोपित डाक्टर एस्कोर्ट नजिकै रहेको अन्सबर्गड्रिफ्टम बस्दै आएका थिए । उनलाई त्यहाँ मोन्योवु भन्ने गरिएको छ । यसको अर्थ स्थानीय जुन्लु भाषामा ‘भ्रष्ट’ हुन्छ । आरोपितले फिलानी मगुबाने नाम गरेको व्यक्तिबाट घर भाडामा लिएको थियो । फिलानीको भाइलाई आरोपित डाक्टरको सहयोगी भएको आरोपमा पक्राउ गरिएको छ । फिलानीले भने आफूलाई यो व्यक्तिले घरमा मानव अंग राख्ने गरेको थाहा नभएको बताएका छन् । 

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका पाँचजनालाई सोमबार अदालतमा पेश गरिएको छ । उनीहरुको विरोधमा अदालत बाहिर प्रदर्शन पनि भएको थियो । पाँचैजनाको जमानत अपिल खारेज भएको छ । अब उनीहरुलाई सेप्टेम्बरको अन्त्यमा फेरि अदालत पेश गरिने छ । अनुसन्धान अझै जारी रहेकाले अरु व्यक्ति पनि पक्राउ पर्न सक्ने प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया