MENU

विचार/अनुभूति

Ncell Axiata

सर्पले टोकेको ठाउँमाथि बाँध्न हुन्छ कि हुँदैन ?

डा. शेर बहादुर पुन -

सर्पले टोक्ने बित्तिकै लौ खत्तम भयो भनेर डराउन हुँदैन । धेरै सर्पदंशका बिरामीमा यो साझा समस्या हुन्छ कि सर्पले टोक्यो कि अब केही हुन्छ भनेर आत्तिने । सर्प र सर्पको टोकाइको तरीकाले विष लाग्छ वा लाग्दैन भन्ने निक्र्यौल गर्छ । सर्पको विष मांशपेशीबाट रगत हुँदै रगतको माध्यमले मुटु र मस्तिष्कमा पुग्ने हुन्छ ।

कुनै टोकाई विषालु हुन्छ । कुनैले टोकेको भएपनि विष लाग्दैन । कहिले टोकेको जस्तो लागेपनि टोकेको चाहिँ हुँदैन ।

सबै सर्पले टोक्दैमा विष छोडिहाल्छ भन्ने हुँदैन । त्यसैले सर्पले टोक्ने बित्तिकै ज्यान जाँदैन । तर बिरामी धेरै आत्तिनु हुँदैन । त्यसैले साथमा हुने व्यक्तिले बिरामीलाई ढाडस दिनुपर्छ ।

सर्पले टोकेपछि विष लाग्यो वा लागेन भन्ने कुरा शरीरमा आएको परिवर्तनले पनि जान्न सकिन्छ 

घाउमा दाँतको चिन्ह हुन्छ ।
जीउ सुन्निन थाल्छ ।
छालाको रंग बदलिन्छ ।
झमझमाउने दुख्ने हुन्छ । 
बिरामीको मुखबाट फिज आउँछ ।
आँखा आधा बन्द हुन्छ ।
शरीर कम चल्न थाल्छ ।
श्वास प्रश्वासमा समस्या आउँछ ।

टोकाई कस्तो प्रकृतिको हो भनेर पहिचान गर्नको लागि स्वास्थ्य केन्द्र नै लैजानुपर्ने भएकोले पहिला प्राथमिक उपचार गर्नु नै उत्तम उपाय हो ।

प्राथमिक उपचार :

टोकेको ठाउँभन्दा माथि हलुकासँग बाँध्ने
बिरामीलाई सकेसम्म हलचल गर्न नदिने
टोकेको ठाउँलाई नहल्लियोस् भन्नको लागि काठले बाँध्ने
टोकेको भाग मुटुको तहभन्दा तल राख्नुपर्छ
सकेसम्म छिटो स्वास्थ्य संस्थामा लैजाने ।

सर्पले टोकेको ठाउँभन्दा माथि बाँध्नु हुन्छ कि हुँदैन ?

सर्पले टोकेपछि विष माथि नफैलियोस् भन्नका लागि बाध्ने चलन छ । तर बाध्ने तरिका मिलेन भने यो उपचार नभई गल्ती हुन जान्छ । टोकेको ठाउँबाट विष माथि नफैलियोस् भन्नका लागि ब्यान्डेजले हलुका बाध्नु राम्रो हो तर रगत सञ्चालनमा समस्या आउने गरी बाध्नु पटक्कै हुँदैन । रबर जस्ता कडा वस्तुले कसिलो गरी बाध्दा रगत सञ्चालन हुन पाउँदैन र कोषहरु मर्छ । धेरै लामो समयसम्म यहि अवस्था रहेमा बाधेको ठाउँभन्दा तलको भाग काट्नुपर्ने हुन्छ ।

सर्पले टोकेपछि गरिने गलत बानि 

मुखले चुस्ने - सर्पले टोकेको ठाउँमा मुखले चुस्नु चलचित्रमा देखाउँदा मात्रै राम्रो हो । वास्तविक जीवनमा मुखले चुस्यो भने घाउमा किटाणुको संक्रमण हुन्छ । 
टोकेको ठाउँमा ढुंगाले घोट्ने 
घाउमा भएको ठाउँमा काटेर हेर्ने वा काटेर फाल्ने
सर्पले टोकेको विष शरीरमा फैलने समय एकैनाशको हुँदैन, कुन ठाउँको सर्प र कुन प्रजातिको हो भन्ने आधारमा नै विष फैलने हुन्छ ।
पहाडि क्षेत्रमा हुने सर्पको विष सामान्य किसिमको हुन्छ, तर तराईमा पाईने सर्पको टोकाई धेरै नै खतरनाक हुन सक्छ । सर्पको टोकाईले विशेष प्रभाव पार्ने भनेको नसा, मुटु अनि मस्तिष्क नै हो । विशेषगरी गोमन र कोरेतजस्ता अति विषालु सर्पको टोकाईपछि बिरामीको ज्यान स्वास प्रस्वास प्रणलीमा समस्या आएर हुन्छ । 


(शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालका सुरुवारोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनसँग सुजाता खत्रीले गर्नुभएको कुराकानीमा आधारित)

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपालमा चीनको स्वार्थ

    कैयौँ पटक ‘नेपालको सार्वभौमसत्ता रक्षाका लागि’ चीनले सहयोग गर्ने भन्ने गरिएको छ बेइजिङ्गबाट । कूटनीतिक दृष्टिले यो अत्यन्तै गम्भीर अभिव्यक्ति हो । यसको अर्थ नेपालको सर्वभौमसत्ता गुम्ने र नेपालको अस्तित्व नै नरहने खतरा छ भनेर चीनले विश्लेषण गरेको हो भनेर बुझ्नु पर्ने हुन्छ ।

  • आँखाको क्यान्सर कति खतरनाक ?

    एक दशक अगाडि अलि कम र अहिलेको दशकमा एकदम धेरै सुनेको रोग क्यान्सर हो । शरीरको विभिन्न अंगहरु फोक्सो, आन्द्रा, कलेजो, पाठेघर, स्तनलगायतमा क्यान्सर भए जस्तै आँखामा पनि क्यान्सर हुन्छ । अरु क्यान्सरमा भन्दा यो क्यान्सर हुने जोखिमयुक्त कारक तत्वहरु फरक छन् ।

  • ओलीका अघिल्तिर कति धेरै अवसर ?

    बोले अनुसार काम थाल्ने हो भने वाम गठबन्धनको सरकारका सामु चुनौती थोरै र अवसरहरु कता हो कता धेरै छन् । अब बन्ने सरकारका लागि सबैभन्दा ठूलो अवसर विकासलाई तल्लो तहसम्म पुर्यासउने संरचना तयार छ । स्थानीय तहको चुनावपछि विकासलाई नागरिकको घर दैलोसम्म पुर्याउने जनप्रतिनिधिहरु चुनिएर अहिले काममा छन, तर देखाउने काम नपाएर कामका अवसरको खोजीमा छन ।

  • चुनाव सम्पन्न गराउनु ठूलो उपलब्धि : देउवा

    मेरो नेतृत्वमा सरकार गठन भएपछि जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर निर्णयहरु भएका छन् । विशेषगरी स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएका विकृतिहरु नियन्त्रण गर्न चिकित्सा शिक्षा आयोगको अध्यादेश जारी गरिएको छ । जनताको स्वास्थ्यसँग सरोकार राख्ने चिकित्सा शिक्षा व्यापारको विषय होइन ।

  • लभ गर्ने फर्मुला

    बिहे नभएकाले त लभ गरे गरे । तर बिहे गरेका, घरभरी छोराछोरी भएकाहरु समेत लभ गरि हिँड्छन् । श्रीमानको आँखाकान छलेर श्रीमतीले, श्रीमतीको आँखाकान छलेर श्रीमानले लभ गरेर हिँडेको तपाईं हामीले धेरै ठाउँमा देखेभोगेकै हो क्यारे । लभ पर्न केही न केही त जुर्नुपर्यो । कि मन मिल्नुपर्यो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया