MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

ललितपुर महानगरमा फोहोर उठाउन नसक्दा समस्या

ललितपुर, भदौ १३ – ललितपुर महानगरपालिकामा फोहोर उठाउन नसक्दा दुर्गन्ध बढेको छ । नुवाकोटको सिसडोलमा रहेको ल्याण्डफिल्ड साइट आसपासका बासिन्दाले गरेको अवरोधका कारण पाँच दिनदेखि महानगरपालिकाले फोहोर नउठाउँदा चोकचोकमा फोहोर थुप्रिएको छ । 

मंगलबर बिहान फोहोर बोकेर गएको ललितपुर महानगरपालिकाको एउटा गाडीमा सिसडोल आसपासका स्थानीय बासिन्दाले तोडफोड गरेको ललितपुर महानगरपालिकाले जनाएको छ । 

सिसडोलका बासिन्दाले सडक मर्मत गरिदिनुपर्ने, सिँचाइको व्यवस्था मिलाउनुपर्ने तथा एक घर एक रोजगारी दिनुपर्ने माग गर्दै ल्याण्डफिल्ड साइट जाने बाटो अवरुद्ध गरेका हुन् । ल्याण्डफिल्ड साइटमा १८ वटा नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएका छन् । यी सबै नगरपालिका र सिसडोलका बासिन्दाबिच वार्तामार्फत समस्या समाधान गर्ने पहल भैरहेको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो । 

ललितपुर महानगरपालिकाबाट दैनिक ९० टन फोहोर संकलन हुन्छ । त्यसको झण्डै ६० प्रतिशत सिसडोलमा ब्यवस्थापन गर्ने गरिएको छ । ललितपुर महानगरपालिकाको आफ्नै जग्गा नभएको र नागरिकले पनि फोहोर व्यवस्थापनका लागि जग्गा अधिग्रहण गर्न नदिँदा समस्या भएको प्रवक्ता महर्जनले बताउनुभयो । 

अवरोध हुँदासम्म फोहोरमैलाको व्यवस्थापन गर्न सम्भव नभएकाले नगरका बासिन्दालाई अस्थायी रुपमा आफ्नै घर तथा कार्यालयमा फोहोर व्यवस्थापन गरी सहयोग गर्न ललितपुर महानगरपालिकालेआग्रह समेत गरेको छ । 

काठमाडौं महानगरपालिकाले भने टेकूमा फोहोर व्यवस्थापन गर्दै आएकाले धेरै समस्या नरहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । काठमाडौंबाट दैनिक झण्डै ६ सय टन फोहोर संकलन हुने गरेकोमा धेरैजसो फोहोर टेकुमा ब्यवस्थापन गर्ने गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • समुद्री चरा संकटमा

    मंसिर २६ – माछा मार्ने क्रम बढ्नु र बदलिँदो समुद्री तापक्रमका कारण समुद्रमा आधारित चरा लोप हुने अवस्थामा पुगेको नयाँ तथ्यांकले देखाएको छ । विश्वमा चराको संख्याका बारेमा भएको नयाँ अध्ययन अनुसार समुद्रमा आधारित चरा अस्तित्वका लागि संघर्षमा रहेको देखिएको हो ।

  • बझाङमा पनि हिमपात : जनजीवन प्रभावित

    डीबी विष्ट / उज्यालो  बझाङ, मंसिर २६ – बझाङमा वर्षासँगै हिमपात भएको छ । सोमबार रातीबाट प...

  • वर्षा नहुँदा गहुँ छर्न समस्या

    बैतडी, मंसिर २१ – आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् ।

  • आज कहाँ पानी पर्ने सम्भावना, कहाँ पर्दैन ?

    काठमाडौं, मंसिर २१ – देशका एक दुई ठाउँमा बिहीबार फाट्टफुट्ट पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । भारतको गुजरात नजिकै अरब सागरमा बनेको सामुन्द्रिक चक्रवात ओकी को प्रभावले पश्चिममा र बंगालको खाडीमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वका एक दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने संभावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

  • प्रकृति र वन्यजन्तु संरक्षणलाई पाठ्यक्रममा समावेश गर्न प्रभावकारी हुने :विज्ञ

    काठमाडौं मंसिर १९ – प्रकृति र वन्यजन्तु संरक्षणलाई पाठ्यक्रममा समावेश गर्न सकेमा वातावरण संरक्षण अभियान प्रभावकारी हुने विज्ञहरुले जनाएका छन् । प्रकृति र वन्यजन्तुका विषयलाई विद्यालय शिक्षासँग जोड्न सकिए संरक्षणमा प्रभावकारी नतिजा आउनेमा उनीहरुले जोड दिएका हुन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया