MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

उपमेयरको लोभलाग्दो तरकारी खेती, राजनीतिले भन्दा खेतीपातीले चिनायो

बिमल विष्ट/उज्यालो । 

डोटी, भदौ १४ – डोटीको शिखर नगरपालिकाकी धौलीदेवी रावल अहिले उपमेयर हुनुहुन्छ । नगरपालिकाको उपमेयर बन्नुभएकी उहाँलाई जनप्रतिनिधि भन्दा पनि खेतीपातीको कामले चिनाएको छ । 

उहाँ जिल्लाको अगुवा किसान मध्येमा पर्नुहुन्छ । तरकारी खेतीबाट उहाँको मासिक आम्दानी ४८ हजार रुपैयाँ हुन्छ । ‘मलाई पहिले कसैले चिन्दैन थिए, तरकारी खेती सुरु गरेपछि सबैले चिन्न थाले, मलाई तरकारी खेतीले नै पद र नाम दियो’ उहाँ भन्नुहुन्छ । उहाँ नेपाली का‌ंग्रेसबाट चुनाव लडेर उपमेयरमा निर्वाचित हुनु भएको हो ।

कृषि विकास कार्यालयको युवा लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रमले बीउ तथा प्राविधिक सहयोग गरेपछि उहाँले गोपघाटमा ३ रोपनी जमिन भाडामा लिएर तरकारी खेती सुरु गर्नुभएको हो । तरकारी खेती गरेपछि उहाँको आम्दानी पनि बढेको छ । तरकारीकै आम्दानीले एक छोरा जेटीए र अर्को छोरा निजी स्कुलमा पढिरहेका छन् ।

उपमेयर भैसकेपछि पनि उहाँले खेतीपातीको कामलाई निरन्तरता दिनुभएको छ । फुर्सद हुने बित्तिकै खेतबारीमा पुग्नुहुन्छ । ‘बिहान १० बजे अफिस जान्छु, फर्किएपछि तरकारीबारीमै काम गर्छु, मेहनत नगरी खान पुग्दैन, पद आफ्नो ठाउँमा छ, काम आफनो ठाउँमा’ उहाँ भन्नुहुन्छ ।

उहाँको बारीमा अहिले विभिन्न किसिमका मौषमी तथा बेमौषमी तरकारी फलेका छन् । बारीमा तरकारी किन्नेको दिनहुँ भिड लाग्ने गरेको छ । उपमेयर रावलले फलाएको तरकारी दिपायल तथा छिमेकी जिल्ला डडेल्धुरासम्म बिक्रि हुने गरेको छ ।

आर्थिक अवस्था कमजोर भएकाले उहाँका श्रीमान कामका लागि भारत जानुभएको छ । श्रीमानले भारतमा मासिक १० हजार रुपैयाँ कमाउने गरेको उहाँले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • वर्षा नहुँदा गहुँ छर्न समस्या

    बैतडी, मंसिर २१ – आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् ।

  • आज कहाँ पानी पर्ने सम्भावना, कहाँ पर्दैन ?

    काठमाडौं, मंसिर २१ – देशका एक दुई ठाउँमा बिहीबार फाट्टफुट्ट पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । भारतको गुजरात नजिकै अरब सागरमा बनेको सामुन्द्रिक चक्रवात ओकी को प्रभावले पश्चिममा र बंगालको खाडीमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वका एक दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने संभावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

  • प्रकृति र वन्यजन्तु संरक्षणलाई पाठ्यक्रममा समावेश गर्न प्रभावकारी हुने :विज्ञ

    काठमाडौं मंसिर १९ – प्रकृति र वन्यजन्तु संरक्षणलाई पाठ्यक्रममा समावेश गर्न सकेमा वातावरण संरक्षण अभियान प्रभावकारी हुने विज्ञहरुले जनाएका छन् । प्रकृति र वन्यजन्तुका विषयलाई विद्यालय शिक्षासँग जोड्न सकिए संरक्षणमा प्रभावकारी नतिजा आउनेमा उनीहरुले जोड दिएका हुन् ।

  • हिउँ परेपछि बाजुराको जनजीवन कष्टकर

    बाजुरा, मंसिर १९ – बाजुरालगायत सुदूर पश्चिमका उच्च हिमाली जिल्लामा परेको हिमपातले चिसो बढाउँदा त्यस क्षेत्रको जनजीवन कष्टकर भएको छ ।

  • प्लाष्टिकजन्य फोहोरले समुद्री जीवन खतरामा

    मंसिर १९ – प्लाष्टिकजन्य फोहोरका कारण समुद्री जीवनमा खतरा बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया