MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा, कुन कुन नदीमा बाढीको जोखिम ?

काठमाडौं, भदौ १५ – काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । मनसुनी न्यूनचापिय क्षेत्र नेपाल नजिकै रहेको, अरेवियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल आएको र स्थानीय वायुको प्रभावका कारण बुधबार राति नै देशका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार यी प्रणाली पूर्वदेखि पश्चिमसम्म नै फैलिरहेकाले बिहीबार देशका धेरै ठाउँमा पानी पर्नेछ । विशेषगरी पूर्वका धेरै ठाउँमा ठूलो पानी पर्नेछ । लगातार पानी परेपछि बाढी तथा पहिरोको जोखिम बढेको भन्दै भिरालो जमिन तथा नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन उहाँको सुझाव छ ।

कुन कुन नदीमा बाढीको जोखिम ?

यसैबीच बिहीबार पूर्वी पहाडी र तराईको क्षेत्रबाट बहने मेची, विरिङ, कन्काई, सुनसरी खोला, त्रियुगा र कोशीमा बाढीको जोखिम बढेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । विशेषगरी पूर्वी पहाडी क्षेत्र र मध्य पहाडी क्षेत्रका केही ठाउँमा झरीको संभावना भएकाले भिरालो र कमजोर जमिनमा पहिरोको जोखिम बढेको छ ।

यस्तै पहाडी ससाना खोलामा आकस्मिक पहिरो सहितको बाढी आउने संभावना भएकाले उच्च सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • समुद्री चरा संकटमा

    मंसिर २६ – माछा मार्ने क्रम बढ्नु र बदलिँदो समुद्री तापक्रमका कारण समुद्रमा आधारित चरा लोप हुने अवस्थामा पुगेको नयाँ तथ्यांकले देखाएको छ । विश्वमा चराको संख्याका बारेमा भएको नयाँ अध्ययन अनुसार समुद्रमा आधारित चरा अस्तित्वका लागि संघर्षमा रहेको देखिएको हो ।

  • बझाङमा पनि हिमपात : जनजीवन प्रभावित

    डीबी विष्ट / उज्यालो  बझाङ, मंसिर २६ – बझाङमा वर्षासँगै हिमपात भएको छ । सोमबार रातीबाट प...

  • वर्षा नहुँदा गहुँ छर्न समस्या

    बैतडी, मंसिर २१ – आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् ।

  • आज कहाँ पानी पर्ने सम्भावना, कहाँ पर्दैन ?

    काठमाडौं, मंसिर २१ – देशका एक दुई ठाउँमा बिहीबार फाट्टफुट्ट पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । भारतको गुजरात नजिकै अरब सागरमा बनेको सामुन्द्रिक चक्रवात ओकी को प्रभावले पश्चिममा र बंगालको खाडीमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वका एक दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने संभावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

  • प्रकृति र वन्यजन्तु संरक्षणलाई पाठ्यक्रममा समावेश गर्न प्रभावकारी हुने :विज्ञ

    काठमाडौं मंसिर १९ – प्रकृति र वन्यजन्तु संरक्षणलाई पाठ्यक्रममा समावेश गर्न सकेमा वातावरण संरक्षण अभियान प्रभावकारी हुने विज्ञहरुले जनाएका छन् । प्रकृति र वन्यजन्तुका विषयलाई विद्यालय शिक्षासँग जोड्न सकिए संरक्षणमा प्रभावकारी नतिजा आउनेमा उनीहरुले जोड दिएका हुन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया