MENU

बातावरण-कृषि

Ncell Axiata

मध्यरातमा सबैलाई तर्साउनेगरी चट्याङ पर्नुको कारण के ?

काठमाडौं, भदौ १५ – काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा बुधबार राति ठूलो चट्याङ परेको छ । सुतिरहेको बेला ठूलो आवाजसहित चट्याङ पर्दा धेरैजना डराए । बिहान भएपछि पनि चट्याङकै बारेमा कुरा भैरहेको छ । 

मनसुनको बेला यसरी ठूलो चट्याङ पर्ने घटना कम मात्रै हुने गर्छ । कसैकसैले त बुधबार रातिको चट्याङ निकै डरलाग्दो भएको बताएका छन् । मौसमविदका अनुसार कमजोर देखिएको मनसुन सक्रिय भएकाले चट्याङ परेको हो । 

मनसुन कमजोर हुँदा पानी कम परेपछि जमिन तात्ने र फेरि सक्रिय हुँदा तातेको जमिनबाट निस्किएको जलवाष्पयुक्त हावा प्रशस्त मात्रामा शक्ति लिएर वायुमण्डलमा धेरै माथि पुग्ने र त्यसलाई सहयोग गर्ने अरु जलवाष्पयुक्त हावा एक आपसमा ठोक्किँदा चट्याङ पर्ने मौसमविद् सुवास रिमालले बताउनुभयो । 

उहाँका अनुसार मनसुन सकिन लाग्दा यस्तो हुनु स्वभाविक हो । मध्य मनसुनमा स्थानीय स्तरमा बादल बन्ने क्रम कम हुने भएपनि मनसुनको अन्त्यतिर स्थानीय स्तरमा बनेको बादलको प्रभावले पनि चट्याङ पर्ने उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार अबको केही दिन बुधबार रातिको जस्तो ठूलो गर्जन नभएपनि मेघगर्जन सहित पानी पर्नेछ । सामान्यतया नेपालमा जुन १० देखि सेप्टेम्बर २३ तारिखसम्म मनसुन सक्रिय रहन्छ । अब झण्डै एक महिना मात्र मनसुनी समय रहेकाले मनसुन सक्रिय हुँदै कमजोर हुने मौसमविद्ले अनुमान गरेका छन् । मनसुन कमजोर हुँदै सक्रिय हुँदा मेघगर्जन सहित पानी पर्ने मौसमविद् सुवास रिमालले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया