MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

देशका धेरै ठाउँमा आज पनि पानी पर्ने, कुन कुन नदीमा बाढीको खतरा ?

काठमाडौं, भदौ १७ – देशका धेरै ठाउँमा शनिबर पनि पानी पर्ने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा नेपाल नजिकै रहेको तथा पूर्वमा उत्तर–दक्षिण भएर रहेको न्यूनचापिय रेखाको प्रभावले देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद विभूति पोख्रेलले बताउनुभयो ।

उहाँका अनुसार केही ठाउँमा एकैछिन ठूलो पानी पर्नेछ । एउटा ठाउँमा पानी परे पनि नजिकैको अर्को ठाउँमा भने नपर्ने उहाँले जानकारी दिनुभयो ।

पानी परेसँगै पूर्वको झापाबाट पश्चिममा कञ्चनपुरसम्म चुरेबाट प्रवाह हुने सबै साना नदी तथा महाभारतबाट प्रभाव हुने कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्ती, बबई, मोहना लगायतमा पानीको सतह बढ्ने बाढी पूर्वानुमान शाखाले अनुमान गरेको छ ।

ती नदीमा पानीको सतहले खतराको तह पार नगरेपनि बाढी आउने भएकाले नदी आसपासका बासिन्दालाई आइतबार बिहानसम्म नै सावधानी अपनाउन शाखाले आग्रह गरेको छ ।

यस्तै पहाडी क्षेत्रका धेरै ठाउँमा पानी पर्ने भएकाले पहिरोको जोखिम बढेको भन्दै भिरालो जमिन आसपासमा बस्दा सतर्क हुन पनि शाखाले सुझाव दिएको छ । अहिलेको अवस्था हेर्दा आइतबारदेखि भने कम पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया