MENU

बातावरण-कृषि

Ncell Axiata
chhaka panja

रसुवामा स्याउ उत्पादन घट्यो

रसुवा, भदौ १७ – रसुवामा यो वर्ष स्याउ उत्पादन घटेको छ । यस वर्ष असिनाले स्याउको फूल झारेकाले उत्पादन घटेको किसानले बताएका छन् । स्याउ फूल्ने समयमा पानी नपर्नु र रोग लाग्नुका कारणले समेत जिल्लामा स्याउ उत्पादन घटेको हो । 

गएको वर्षको तुलनामा यो वर्ष स्याउ खेती गर्ने किसानको सङ्ख्या बढेको भएपनि स्याउ फूल्ने समयमा पानी बढी पर्नुका साथै असिना परेको कारण उत्पादन घटेको तीन वर्षदेखि ब्राबलमा स्याउ टिपेर स्थानीय बजारमा बिक्रि गर्दै आएका गोसाइँकुण्ड गाउँपालिका–५ ब्राबलका व्यापारी थारक्याप तामाङले बताउनुभयो । 

गएको वर्ष गाउँबाट ९ सय किलो स्याउ बिक्री भएको थियो, यो वर्ष तीन सय ५० किलो स्याउ मात्र उत्पादन भएको छ तामाङले भन्नुभयो ।’ 

पानी र असिनाको कारण मात्र होइन जंगली जनावर र स्याउ चोरी गर्ने कारण पनि स्याउ उत्पादन घटेको छ । वनक्षेत्र तथा निकुञ्ज क्षेत्रमा जंगलको संरक्षण गर्दै जाँदा जंगली जनावरको बृद्धि भएको छ । रोपिएका स्याउका विरुवा मृगले खाएर क्षति पु¥याउने गरेको गोल्जुङका व्यावसायिक किसान मिलन तामाङले बताउनुभयो । 

घर भन्दा माथि लगाइएका स्याउ चोरले चोरेर हैरान वनाएका छन् उहाँले भन्नुभयो । ‘यो वर्ष दुई हजार किलो स्याउ उत्पादन हुन्थ्यो मृग र चोरले स्याउ सखाप पारेपछि १२ सय किलो मात्र स्याउ बिक्री गर्न सकियो तामाङले भन्नुभयो । 
स्याउ उत्पादन घटेपछि जिल्लामा स्याउको मुल्य प्रतिकिलो १० रुपयाँ बढेको ब्राबलका व्यापारी तामाङले वताउनुभएको छ । अघिल्लो वर्ष प्रतिकिलो ६० रुपयाँमा स्याउ खरिद गरेका  तामाङले यो वर्ष ७० रुपयाँमा स्याउ खरिद गर्नुभएको छ । 

जिल्लामा माग अनुसार स्याउ उत्पादन हुन नसकेकोले वजारको समस्या नभएको गोल्जुङका कृषक फुर्वा ग्याल घलेले बताउनुभयो । ‘जिल्लामा सीमित क्षेत्रमा स्याउ उत्पादन हुन्छ, यहाँ उत्पादन भएको स्याउ स्थानीय बजारमा नै बिक्री हुने उहाँको भनाई छ । 

जिल्लामा स्याउ खेतीका लागि उपयुक्त हावापानी नभएको कारण पनि स्याउ उत्पादन बढ्न नसकेको जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ ।  

‘राम्रो स्याउ फल्नका लागि ७१ घण्टा हिउँको आवश्यकता पर्छ । तर यस क्षेत्रमा हिउँ कम पर्ने र पानी बढी पर्ने कारण उत्पादन बढ्न सकेको छैन् वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंले बताउनुभयो । 

जिल्लामा स्याउ उत्पादनको अवस्था  

जिल्लाको पार्वतीकुण्ड र गोसाइँकुण्ड गाउँपालिकामा स्याउ उत्पादन हुने गरेको छ । गाउँपालिकाको ब्राबल, ठूलोस्याफ्रु, बृद्धिम, टिमुरे, गोल्जुङ, हाकु, गत्लाङ, लाङटाङ र चिलिमेको एक सय २३ हेक्टर क्षेत्रमा स्याउ खेती हुन्छ । 

गएको वर्ष जिल्लामा छ सय ३९ मेट्रिकटन स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ । यो वर्ष करिव साढे ४ मेट्रिक टन स्याउ उत्पादन हुने कार्यालयको अनुमान छ । 

जिल्लामा व्यावसायिक स्याउ खेतीतर्फ किसान आकर्षित हुन थालेपछि कार्यालयले स्याउको बिरुवा वितरण, पुराना बोटको काँटछाँट गर्ने र उपचार गर्ने कार्य गर्न थालेको छ । 

जिल्लामा स्याउको फेरि उत्थान गर्नका लागि कार्यालयबाट स्याउको अगुवा किसानलाई बगैचा व्यवस्थापन सम्बन्धी तालिम दिने, बिरुवा वितरण, उपचार गर्ने लगायतको कार्य गरिरहेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत हुमागाईंले बताउनुभएको छ । जिल्लामा अहिले कस्मरी, गोल्डेन र असारे जातका स्याउको खेती गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केही दिन मौसममा सुधार नआउने

    काठमाडौं, असोज ५ – काठमाण्डौं उपत्यकासहित देशभरी कै मौसम बिहीबार खुल्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।

  • मनसुनी गतिविधि र जलवाष्पयुक्त हावाको कमजोरीले गर्मी बढ्यो

    काठमाडौं, भदौ ३१ – मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ ।

  • वातावरण संरक्षणमा काम गर्न स्थानीय तहलाई सरकारको निर्देशन

    काठमाडौं, भदौ ३१ – सरकारले सबै स्थानीय तहलाई वातावरणीय संरक्षणमा काम गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातावरण संरक्षणका लागि तत्कालीन र दीर्घकालिन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रणका लागि अन्य उपायसम्बन्धी दशबुँदे परिपत्र जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेको हो ।

  • बाढीले गैँडाका धेरै बच्चा बगाएको अनुमान

    चितवन, भदौ ३० – साउन अन्तिम हप्ता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ ।

  • ‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित)

    दिउँसो २ बजे निकुञ्जबाट शुरु भएको जंगल सफारीको टोली अपराह्न ४ बजे झण्डै १० किलोमिटर उत्तर बाल्कुने नजिकै पुग्यो । सडक छेउमै १० मिटर पर आराम गर्दै थियो विश्वकै दुर्लभ पाटेबाघ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया