MENU

बातावरण-कृषि

ujyaalo forign call inside

अर्घाखाँचीमा ५ थरी गिद्ध

अर्घाखाँची, भदौ १७ – अर्घाखाँची प्रकृतीको कुचीकार मानिने गिद्धको बासस्थानको रुपमा विकसित हुन थालेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका जंगल तथा पहरामा पाँच प्रजातीका गिद्ध पाइने गरेका छन् । 

हिमालमा बसोबास गर्ने र तराइमा बसोबास गर्ने गिद्धहरु समेत जिल्लाका विभिन्न स्थानमा पाइने गरेका छन् । जिल्लाका विभिन्न सामुदायिक वनमा ५ थरी गिद्ध पाइने गरेको गिद्ध सरक्षण अभिायनका विज्ञ कृष्णप्रसाद भुसालले बताउनु भयो । उहाँले डंगर गिद्ध, सुन गिद्ध, गोब्रे गिद्ध, हिमाली गिद्ध र हाडफोर गिद्ध गरि ५ प्रकारका गिद्ध पाइने बताउनु भयो ।  

पाँच थरी गिद्ध सधै भरि बस्ने रैथाने भए पनि समय समयमा सानो खैरे गिद्ध र राज गिद्ध पनि बसाइँसराइ गरेर आउने गरेको नेपाल पंक्षी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्णप्रसाद भुसालले बताउनु भयो । यहाँको उत्तरी भेग अर्घा किमडाँडा, धारापानी, ढाकावाङ्ग, गोखुङ्गा हंसपुर खनदह, खन, अर्घातोष, डिभर्ना बल्कोटका पहारा र ठूला रुखमा बासस्थान फेला परेको उहाँले जानकारी दिनु भयो । 

सुन्निएको र दुखेको निको पार्न पशुहरुमा प्रयोग गरिने डाइक्लोफेनेक नामक औषधिको प्रयोग भएको जनबारको सिनो खादा ठूलो संख्यामा गिद्धहरु मरेको अनुसन्धानले देखाएको छ । गिद्धहरुको संख्या ९५ प्रतिशत भन्दा बढीले घटेर अतिसंकटापन्न अवस्थामा पुगेको छ । गिद्धको लोप भएमा प्राकृतिक चक्रनै परिवर्तन हुने भएकाले पनि यसको संरक्षण अति अावश्यक रहेको  छ । 

नेपाल पक्षी संरक्षण संघका अनुसार १२ वर्ष अघिसम्म नेपालमा पाँच लाख र भारत मात्र १६ करोड गिद्ध थिए । नेपालमा पाईने आठ प्रकारका गिद्ध मध्ये जिल्लामा ५ प्रकारका गिद्ध रहेका छन । गिद्धको लागि राम्रो बासस्थान भए पनि गिद्ध संरक्षणका लागि अर्घाखाँचीको स्थानीय प्रशासन राजनीतिक दल गैरसरकारी संस्था सबैले पहल गर्न जरुरी छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया