MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

मध्यपश्चिमको गरिबी घटाउन र पोषणमा सुधार ल्याउन नयाँ कृषि आयोजना

प्रकाश पन्त/उज्यालो । 

सुर्खेत, भदौ १८ – प्रदेश नम्बर ६ का किसानको आम्दानी बृद्धि गर्न र कृषिलाई व्यवसायिकरण गर्नका लागि नयाँ कृषि आयोजना सञ्चालन हुने भएको छ । स्थानीय समुदायलाई उच्च मूल्य कृषि वस्तुका मूल्य श्रृंखलामा आवद्ध गराउँदै बजारीकरण क्षमतामा सुधार ल्याई आयआर्जनमा बृद्धि गर्ने, रोजगारीको अवसर सृजना गर्ने र खाद्य सुरक्षामा सुधार ल्याउने आयोजनाको उद्देश्य छ । 

६ अर्ब १२ करोड रुपैयाँको लगानीमा सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला, मुगु, डोल्पा, हुम्ला र रुकुम जिल्लामा कृषि क्षेत्र विकास आयोजना सञ्चालन हुन लागेको हो । ६ महिनाभित्रै सूरु हुने यो आयोजनाले छिन्चु-जाजरकोट-डोल्पा सडक खण्ड, सुर्खेत-जुम्ला, मुुगु-कालिकोट सडकखण्ड, कालिकोट-हुम्ला-बाजुरा सडकखण्ड र मध्य पहाडी राजमार्ग अस्पासका क्षेत्रलाई समेटने छ । आयोजनाले विशेष गरी किसानलाई मूल्य श्रृङ्खला विकास सुदृढिकरण, बजारसँग सम्बन्धित पूर्वाधार निर्माण, ग्रामीण कृषि सडक विस्तार, संकलन केन्द्र स्थापना, भण्डार गृह, सिचाई आयोजना जस्ता कार्यक्रममा सहयोग गर्नेछ ।

यस्तै वित्तिय सेवा सम्बन्धी सहयोग, कृषि मैत्री ऋण प्रवाह, समुदायमा आधारित कृषि प्रसार सेवाको विस्तारमा पनि किसानलाई सहयोग गर्नेछ ।  यसअघि सञ्चालन भएको उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको उपलब्धी र सिकाईमा टेकेर कृषि क्षेत्र विकास आयोजना संचालन हुन लागेको हो । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले खसी बोका, टिमुर, अदुवा, वेसार, बेमौसमी तरकारी, तरकारीको बीउ, स्याउ जस्ता ७ वटा मूल्य श्रृङ्खलामा काम गर्दै आएको थियो । 

कृषि क्षेत्र विकास आयोजनाले भने तरकारी बीउ बाहेक खसी बोका, टिमुर, अदुवा, बेसार, बेमौसमी तरकारी, स्याउ लगायत मह, ओखर, कागुनो, चिनो, हिमाली आलु, सुन्तलाजात बाली, डेरी जस्ता उच्च मूल्यका बाली वस्तुहरुमा काम गर्ने योजना बनाएको छ ।

६ अर्ब १२ करोड जम्मा लगात रहेको आयोजना संचालन गर्न स्वीस सरकारले कृषि विकासको लागि अन्तर्राष्ट्रिय कोष (इफाड) ले ४ अर्ब, नेपाल सरकारले १ अर्ब २३ करोड, स्वीस सरकारले ३० करोड रुपैयाँ व्यहोर्ने छन् ।

आयोजनाको लागि सम्वन्धीत कृषि समुह, सहकारी, उद्यमी व्यवसायीले ५९ करोड रुपैयाँको सह लगानी गर्ने छ । आयोजनाले १० जिल्लाका २५ हजार किसानको आयस्तर बृद्धिमा सहयोग गर्ने लक्ष्य लिएको आयोजनाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया