MENU

विचार/अनुभूति

Ncell Axiata
sagun

सामिप्यता, कनेक्टिभिटी र विकास (भाग २)

विनोद न्यौपाने –

सामिप्यता, कनेक्टिभिटी र विकास (भाग १) बाट क्रमशः

अलिकति, प्रसङ्गलाई बसाईँसराईँतिर लगेर सामिप्यता र कनेक्टिभिटी  हेराैँ ? धेरै साथीहरुले प्रश्न उठाइरहनुभएको छ, धेरै मान्छे पहाडबाट तराई, आसाम बर्मातिर बसाईँसराईँ गरे । तर के थियो त कारण तराईका मान्छे पहाड बसाईँसराईँ गएनन् । यो प्रश्न गरिबीको साथै सामिप्यता र कनेक्टिभिटीसँग जोडिएर आउँछ । बसाईँसराईँमा पनि कहाँ सर्ने, धर्म, आफ्नो संस्कार, वर्ग, जातजाति, सामाजिक सुरक्षा मूल कुराहरु भएर आउँदा रहेछन । माओवादी द्वन्द्वकालमा सबैभन्दा बढी सामाजिक सुरक्षाको कारणले बसाईँसराईँ भयो । त्यही पनि थोरै केलाउने प्रयास गरेको छु ।     

वर्षभरी कमाई गर्दा ६ महिना भन्दा खान नपुग्ने पहाडमा बसोबास गर्ने हामीहरु, अर्थात कमजोर हाम्रो आर्थिक भूगोल भएका बिस्तारै गाउँले, छिमेकी र सरकारले झोडा खोलेपछि संस्थागत सामिप्यताले र विकटताले गर्दा  तराई, भारतको डिब्रुगढ, तीन सुकिया, सिलोंग जान बाध्य भयाैँ । यहाँ पनि चिनेजानेका घर गाउँले, बेचबिखन गर्ने खेत, पाखो बारी  सामिप्यता (नजिकपन र कनेक्टिभिटीकै आधार लिएर बसाईँसराईँ गयाैँ) ।   आज पनि बसाईँसराईँको क्रम जारी नै छ । भारततिरको खुल्ला सिमानाले उताबाट पनि यता आए जो अहिले नागरिकताको समस्याका रुपमा तेर्सिएको छ । यो सामिप्यताको समस्या अध्ययन गरी नागरिकतालाई  डिजिटल प्रणालीमा लैजानु पर्ने आवश्यकता भैसकेको छ ।  
तराईको मान्छेले किन पहाडमा बसाईँसराईँ गरेन ? के कनेक्टिभिटी र सामिप्यता भएन  ?

 –तराईमा रहेका जातजातिहरुको आफ्नै सांस्कृतिक विशेषताले – सामिप्यता नजिकको !

–आवश्यकता र चाखमा पहाडमा बस्नेको र तराइमा बस्नेको भिन्नता !

–आफ्नो भूगोल भित्रको ससक्तिकरण, रीतिथिति, संस्कार र धार्मिक परम्परा !

–दैनिक जीवनयापनको लागि मजदुरी गर्ने समय, घरबाट खेत खलियानको दुरी र समय !

– हावा, पानी र माइक्रो बाताबरण, मलिलो जग्गा, समथर भूभाग, सजिलो ओहोर दोहोर, विकसित पूर्वाधार (श्रेष्ठ, १९८८)  छोडेर विकट तिर किन लाग्थ्यो मान्छे !  

–कस्टकर जीवन, पहाड , खोच , भिरालो ! 

–भाषाको समस्या

–प्रोफेसर विद्यासुन्दर कंसाकारको भनाई : उत्तरतर्फका पहाडबाट तराई बसोबास सर्न आफ्नै खुशीले झरे, तराईमा राम्रो उब्जनी हुने, गाईबस्तु चराउन मिल्ने चरन भएको ठाउँ रोजेर बस्न पुगे, तर दक्षिण भारतीय ओरिजिन भएकाहरुलाई शक्तिशाली शत्रुले गर्दा र राजनैतिक उत्पीडनले  गर्दा सुरक्षित बासस्थानको खोजी मुख्य हुन पुग्यो । जुन, Sephoy Mutiny ले १८५७ मा बन्द गराए भनेर लेख्नुहुन्छ । उहाँकै भनाई लिँदा दोस्रो विश्वयुद्धपछि अन्य नेपालीहरु पनि बर्मा छोडी सन् १९५१ तिर आएर तराईमा बसे अझ, सन् १९६४ मा बर्मा सरकारले नागरिकता कडा बनाएपछि धेरै नेपाल फर्किए । यहाँ पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध पनि सामिप्यताको कसी देखिन्छ जुन रीतिथिती, संस्कार, धर्म, चाडपर्व आदिसँग जोडिएको छ ।   

–दैनिक खानेकुराहरुमा फरक (फुड ह्याबिट) र समय !    

यी माथि उल्लेखित बुँदाहरुले वास्तविकता रुपमा सामिप्यता र कनेक्टिभिटी हाम्रो जीवनचयाँसँग सम्बन्धित छ भनेर प्रष्ट झल्काउँछ । पहाडको लागि तराई नजिक देखियो भने तराईमा बसोबास गर्नेहरुको लागि पहाड कष्टकर देखियो ।    

गर्दै जाउँ अध्ययन :   

हाम्रै हिजोका अनुभवहरुबाट अब भौगोलिक दूरी समस्या रहन गएन । विभिन्न मानवीय विकासको लागि, सम्भावना र अवसरहरुलाई हामीसँग विभिन्न विकल्प अगाडि सरेर आए । जस्तो, भारत र चीनको क्षेत्रीय प्रभुत्व र आर्थिक प्रभुत्वको लडाईंले  हामीसँग अहिले OBOR आयो, AIIB बैंक अघि सर्‍यो । सन् १९९१ मै कनेक्टिभिटीको योजना सुरु गर्छु भन्ने भारतको कान भित्र अहिले तेल पस्यो । यी सबै ग्लोबलाइजेसन भित्रकै सामिप्यता र कनेक्टिभिटीले ल्याएका अवसर हुन् । कसरी योजना बनाउने र कार्यान्वयन गर्ने चाहिँ हाम्रो आफ्नो जिम्मेवारी हो । 

छिमेकीहरुको दबाब र उनको स्वार्थ  र भौतिक सामिप्यताले कति विकासको गतिमा र आर्थिक परिवर्तनमा दबाइएका छौँ । यसको कारण र तथ्य पत्ता लगाई सामिप्यता र कनेक्टिभिटीका अवसरहरुको धेरै भन्दा धेरै उपयोग गरिनु आजको नेपालको योजनाकार र नीति बनाउनेहरुको आवश्यकता हो । 

ठाउँ  कति टाढा, कति नजिकबाट आज को कहाँ कता जोडिएको छ, हाम्रा संस्थाहरुको सम्बन्ध कहाँ कहाँ पुगेका छन् । चातुर्यताको मिसाइल के कसरी मानवीय विकासको लागि प्रयोग गरिएका छन् ।  यी सबै अवसर प्रोक्सीमिटि (सामिप्यता)  र कनेक्टिभिटीले जुटाइदिएको देखिन्छ । सजिलै विश्वका खुल्ला विश्वविद्यालयले सञ्चालन गरेका शिक्षा संखुवासभाको गाउँमा लिन सकिने भएको छ । 

त्यस्तै, हाम्रो चिया, कफी, मह आदिले जापान,युरोपको बजार पाउनु पनि संस्थागत सामिप्यता र कनेक्टिभिटीको राम्रो उदाहरण हो । यसको अझै राम्ररी अध्ययन गर्न सकिन्छ, गर्नुपर्छ । त्यस्तै उदाहरण   चीनले अरबौं रुपैयाँ अफ्रिकी मुलुकहरुमा लगानी गरेको देखिन्छ । तर हामी  दुई आर्थिक रुपले समृद्ध चीन र भारतसँग भौगोलिक सामिप्यता र संस्थागत सामिप्यता भएपनि हाम्रो मानवीय विकासमा ठूलो फाइदा हामीले लिन नसकेको गल्ती स्वीकार्नु नै पर्दछ, अझै गल्ती गरिरहेको महसुस गर्नु पर्दछ । 

–अहिलेको अवस्था विश्लेषण गर्दा : हाम्रो आधुनिकताको अहिलेको प्रतिनिधित्व, हिजो माक्र्सको सिद्धान्त मुताबिक सामाजिक वर्ग र त्यस भित्रको शक्तिको लागि वर्ग संघर्ष, आज सामाजिक संरचनामै परिवर्तन भै आधारभूत रुपले द्वन्द्व र Inequality मा आधारित रहेर नयाँ सामाजिक संरचनामा परिवर्तन भै नयाँ नेपालमा नयाँ दलाली क्रान्तिकारी र पूँजीपती पद्दती तिर मौलाइरहेको वर्ग देखिन्छ । यो वर्ग अग्रगामी छलाङको नाममा सामिप्यता र कनेक्टिभिटी उपयोग, राष्ट्रमा सदुपयोग गर्ने नीति लिँदैन र लिइरहेको छैन । किनकि पुरानो दास चरित्र, साँघुरो घेरा र साेँच छोड्न सक्ने अवस्थामा छैन ।

तर पनि पूँजीवादी पद्दतिले विकसित गर्दै लगेका आर्थिक सिद्धान्त अनुकूल हाम्रो समयानुकुल, प्लेस र स्पेसमा आर्थिक धरातलीय स्वरूप र सामाजिक परिवर्तन विशवमा IMF ,WTO ,BRICS र विश्व बैंकका नीति र उद्धेश्यहरु अनुरुपको प्रभाव पारेको छ, जुन हाम्रो भौगोलिक र अर्गनाइजेसनल सामिप्यतालाई आधार मान्दा सतहमै तैरिरहेको देखिन्छ । जसको प्रतिफल, हामी मानवीय सूचकांक, GDP, Hapiness करप्सनका सूचकांकहरु आदि लगाएर सेवा, सुविधा र मानवीय खुशी नाप्न सक्ने हुँदै गएका छाैँ ।  

अहिलेको समस्या भनेको कनेक्टिभिटीको हो ?  

हामी अहिले २१ औं शताब्दीको ग्लोबलाइजेसनमा छौँ । आर्थिक छेत्रमा नव उदारवाद बजारका नीतिसँग मात्रै सम्बन्धित छैनौँ । वित्तीय पूँजीपति क्रियाकलापसँग मात्रै जोडिएको छैनौँ । हामी मानवीय व्यवहार, हामीले व्यवहारिक रुपले चलाइरहेको हाम्रो व्यवहार र विश्वाससँग सम्बन्धित छौँ । जसलाई नवउदारवादले नै परिभाषित गर्दछ । हामी सुत्रवद्ध रुपमा बाँधिएर वैज्ञानिक रुपले चलिरहेका मानवीय क्रियाकलापभित्र प्रतिष्पर्धात्मक रुपले मेकानिज्म चलाइरहने कार्य गरिरहेका छौँ । यहाँ समय, स्पेस  र ठाउँले के देखायो भने हाम्रो जन्म जन्मान्तर समस्या भनेको कनेक्टिभिटी नै हो  । हामीले  ३ आर्थिक नाकाबन्दी बेहोरेका छाैँ । अन्तर्राष्ट्रिय रुपले  सर्वस्वीकार्य भूपरिवेष्ठित राष्ट्रले प्राप्त पारवहन सन्धिको अपहेलना र दुरुपयोग गरेर दबाबमा प्राकृतिक स्रोत र साधन साथै उर्जासम्बन्धी सन्धि गराइएका हुन् ।

सामिप्यता र कनेक्टिभिटीले जन्माएका राजनैतिक दाउपेच, नेपाली शासकहरुको सत्ता स्वार्थले सुगौली सन्धि, १९५० को सन्धि, अरुण, कर्णाली र विभिन्न बाँधहरुआदि असमान सन्धि सम्झौता जन्मायो । हामीले बुझ्नु पर्ने कुरा हिजोको जस्तो संसार छैन । अहिले हामीसँग तत्काल उपलब्ध  दुई उडिरहेका आर्थिक विकासका विकल्पहरु देख्दछु ।

 १. १९९१ देखि यो क्षेत्रमा कनेक्टिभिटी बनाउँछु भनेर भन्दै आएको भारत छेत्रीय प्रभुत्वको लागि कक्र्याक कुक्रुक्क परेको अवस्था सिर्जना भएको छ । BRICS, दोक्लामको कुरोले साथै एशियाली र खाडी देशहरुतर्फ भारतीय ग्लोबल नीति र क्षेत्री प्रभुत्व विस्तारको बाढी तिर लागेको अवस्था छ । 

नेपालले  दोक्लाम बारे, Chicken Neck र भुटानसँग उसले सन् १९४९ मा गरेको मैत्री सन्धि अनुकूल   नेपाल बोलिदियोस भनेर तेस्र्याइरहेको छ, तर त्यस्तै त्रीदेशीय सीमा लिपुलेकबारे मौन बसेको देखिन्छ । प्रष्ट के छ भने हामी भारत विरोधी, भारतीय जनता विरोधी होइनौँ । त्यहाँका शासकहरु र कर्मचारीत्रन्त्रको नेपाल स्वत्रन्त्र राष्ट्र होइन भन्ने ठम्याई छ । हामी त्यसको विरुद्ध छाैँ । यो आज नेपाल र भारतमा रहेका संचारमाध्यमहरुले बुझ्नु आवश्यक भैसकेको यो लेखक देख्दछ । 

यो सन् १९९१ देखि उसले गर्छु बनाउँछु भनेका सामिप्यता र कनेक्टिभिटी समाएर (ठोस योजना बनाएर) यो उडिरहेको अर्थ समाउने मौका र अवसर छ । तर योजना बनिरहेका छैनन्, राजनीतिक खिचातानीमा पार्टीहरु लागेको देखिन्छ । योजना अर्को देशले बनाइदिने त होइन । आएका यी अवसर लिन कांग्रेस – माओवादी सरकार पूर्णतयाः असक्षम भएको र चुकेको देखिन्छ ।   

२. OBOR तेर्स्याउने चीन क्षेत्रीय प्रभुत्व, संसार मै आर्थिक क्षेत्र विस्तारमा पोल्टोभरी पैसो बोकेर लागेको छ, के गर्दिउँ ?  भन्छ सोझै । हामीले रेल र सडक केरुङसम्म जोड्दा मात्रै भोलि भारतीय नाकाबन्दी सजिलै पचाउन सक्छौ, हाम्रो कनेक्टिभिटी (आर्थिक र सामाजिक) कजाकिस्तान हुँदै युरोप पुर्‍याउन सजिलै सक्ने अवस्था आएको छ । सेवा र सुविधा लिन आजको दिन महँगो परे पनि त्यो क्षेत्रको कनेक्टिभिटी जोड्नु आज खास आवश्यकता समय, ठाउँ र स्पेसले औँल्याएको छ । 

खास गरी, ठोस, फेल्ट नीड अनुसारका र १०० वर्ष पछिलाई हेरेर ठोस योजना बनाउन सकिरहेको हाम्रो सरकार देखिँदैन । हिजो रेलबारे चीनले योजना माग्यो यो कांग्रेस र माओवादी सरकारले दिन सकेन । हाम्रो सरकारमा हुनेहरु कनेक्टिभिटी र सामिप्यतामाथि राजनीति गरी सत्ताको सुखस्वार्थ, करप्सनमै लडीबुडी गरिरहेको देखिन्छ । हाम्रो कनेक्टिभिटी सिलिगुडी हुँदै बंगलादेश, पाकिस्तान जोड्न कहिले सोच्नेछौँ ? कुर्सी टिकाउने, यही पद्धति टिकाएर शक्ति आफ्नै वर्गमा संचय र घुमाइरहने  र एकिकृत रुपले पूँजी संकलनमा लागेको देखिन्छ ।

त्यसको लागि राज्यका संस्थाहरु प्रयोग गर्ने, डाटा बदल्ने, सिद्धान्त र विकासका गफ चुट्ने  क्रिया  र कर्ममा लागेको अनुसन्धानका पेपर, लेख , जर्नल आदि इत्यादिका अध्ययनबाट राजनतिक–आर्थिक गति विश्लेषण गर्दा देखिन्छ । मुलतः हामीसँग जड् समस्या यही नै रहयो । 

–उहिल्यै अर्थशास्त्री आडम स्मिथकै जमानामा व्यापार र यातायातको विकासले भौगोलिक सजिलोपना र नेटवर्क कनेक्टिभिटीले आर्थिक जीवनयापन र सामाजिक रहनसहनमा परिवर्तन ल्याउँछ भनेर विश्वास राख्दथे । कनेक्टिभिटीले छरिएर रहेको नेपालको स्रोत र साधन हातमा ल्याएको उदाहरण हिजोको जुम्ला, संखुवासभा आजको आँखाले हेर्दा प्रष्ट देखिन्छ । यसले पूँजी, श्रम, ज्ञान, सीप, प्रविधि एक ठाउँबाट अर्को ठाउँ  खुल्ला, प्रतिष्पर्धी अर्थतन्त्रमा सजिलै उपलब्ध गराउँछ । 

–हाम्रो विश्व सानो भएको छ, कनेक्टिभिटी र एसेसिबिलिटि(सजिलोपना) को विकासले गर्दा बितेका दिनहरु भन्दा यो स्पेसमा हाम्रा दैनिक क्रियाकलाप साह्रै सजिलो हुँदै आएका छन् । साथै हाम्रो पहुँचको दायरा फराकिलो भएको देखिन्छ । हामी विदेशमा रहने केही समयमै घर खर्च पठाउन सक्छौँ । सिञ्जा, जुम्लाकी युवती किमाथान्काको युवकसँग माया गाँस्न सक्छिन् । हावर्डदेखि अस्ट्रेलियाका विश्वविद्यालयमा अध्ययन – अध्यापनलाई निवेदन गर्न सक्छौँ ।  यस्ता थुप्रो हामीसँग उदाहरणहरु  छन् । जो हामी संस्थागत सामिप्यता, भौगोलिक सामिप्यता भित्र राख्न सक्दछाैँ ।

–हामी हाम्रो पहिचान, धर्म, थर, जातजाति भन्छौँ । अचम्मको कुरो चाहिँ हामी जन्मिएको ठाउँ मेटरनिटिसँग साह्रै भावनात्मकदेखि मनोवैज्ञानिक रुपले जोडिएका हुन्छौँ । जन्मिएका ठाउँका कुलो, कुलेसो, कान्लोदेखि त्यतिखेरको समाजसँग लपक्क टाँसिएका हुन्छाैँ । यहाँ पनि सामिप्यता र कनेक्टिभिटीको भूमिका ठूलो हुन जान्छ ।

कनेक्टिभिटी  भनेको संचारको माध्यम सामाजिक सञ्जाल पनि हो ? 

–सामाजिक सञ्जाल एक यस्तो ठाउँ हो, हामी हाम्रो विवेचना, कमेन्ट, बजार, हाम्रो दिमागभित्र भएको आवाज आदि यो स्पेसमा सहज र सरल तरिकाले डेलिबेरेट (ओकल्छौ, भाग लिन्छाैँ, सहभागितात्मक रुपले) गर्छौँ । हामी एक बाटो तय गर्छौँ, समाजबारे धारणा बनाउछाैँ, विचार साटासाट गरेर एक बिन्दुमा आइपुग्छौँ । विचारको बजार हो यो । 

समय सापेक्ष, स्पेस,  प्लेस अनुकुल विचारहरु आए । विचार सजिलै बिक्रि हुन्छन् । कसैको हुँदैनन् । एक दृष्टिकोण तय गर्न, नीतिहरु छलफल गर्न, दबाब दिन, सल्लाह र सुझाव दिन प्रयोग हुने कसैको नियत्रणमा नरहेको भूमि हो । तपाईँ हाम्रा विचार, धारणा र दृष्टि कसरी हामी हुर्कियाैँ ? कुन वातावरणमा हिँड्दैछौ ? घर, परिवार, समाज, राजनीति, बजारबारे हाम्रा दिमागमा पूर्वाग्रह के–के छन् ? 

विश्वास र संस्थाहरु (औपचारिक र अनौपचारिक) बारे के धारणा बनाएका छाैँ, त्यो सबै यहाँ आएर पोखिन्छन् । यो डिजिटल टेक्नोलोजीले  मानिसहरुको स्वाद र प्राथमिकता, मूल्य र मान्यता छर्लङ्ग देखाउँछ । यो लुकेको सार्वजनिक स्थल हो । हामीसँग रहेका ज्ञान, सीप र प्रविधि सजिलै सिक्ने र सिकाउने थलो हो । यसले पनि कनेक्टिभिटीको आजको समयमा महत्व दर्शाउँछ ।   

–सामिप्यता र कनेक्टिभिटीले हाम्रा सपनाहरुलाई स्पारकिंग गर्छ र डर– धम्कीमाथि  ट्रिगर चलाउँछ ।  

–समुदायको विकास, आर्थिक सिर्जनशीलता, संस्थागत विकास र राज्यको गभरनान्स दरिलो पार्ने औजार कनेक्टिभिटी र सामिप्यता हो, (आसे अमिन र जोन रोबोट्र्स, २००८) ।

–सम्बन्ध, समन्वय, द्वन्द्व समाधान, प्रेम, मिठास पस्किने साधन यही हो जुन हामीले भोगिसकेका छौँ ।

–सामाजिक अर्थशास्त्र, स्पासियल योजना र विकास,  गति, जातजाति, धार्मिक सहिष्णुता, सद्भाव, बहुभाषी, बहुसांस्कृतिक बोक्ने, सहरीकरण आदि सबै जोड्ने सामिप्यता र कनेक्टिभिटी नै हो ।

–प्रविधि, ज्ञान, सीप साटफेर गर्ने, उद्यमशीलता, सिर्जनात्मक बाटो, रोजगारी राज्यमा सिर्जना गर्ने यो मूल बाटो हो । इजरायलबाट फर्किएर आएका धेरैले हाइटेक प्रविधि प्रयोग गरेर तरकारी खेति गरेको यसको उदाहरण हो ।

 –सिविक संस्कृति, अनुशासन, राजनैतिक संस्कृति र विकासको आधार हो भन्दै हन्टिंगटन सन् १९८४ मै लेख्नुहुन्छ ।

–मानवीय विभिन्न अवधारणा, विद्धता, पार्टीहरुप्रतिको विश्वास, बानी , बेहोरा , मुल्यांकन गर्ने प्रवृति र पद्दती, व्यक्ति र संस्थाहरुको चाख, आवश्यकता, माग आदिलाई उत्प्रेरकको भूमिका निभाउने नै सामिप्यता र कनेक्टिभिटी हो । 

–ऐलीजेंट व्यक्तित्व, विश्वासयोग्य, सहभागिता गराउन सक्ने, देश , काल र परिस्थितिसँग खेल्न सक्ने सामिप्यता र कनेक्टिभिटीले बनाउँदछ ।  

           
–प्रत्येक राजनैतिक–आर्थिक र सामाजिक छेत्रमा समस्या समाधान र योजना नीति तय गर्न मद्दत पुर्‍याउन मूल मार्ग हो । 

–यस क्षेत्रमा देखिएको क्षेत्रीयताको प्रक्रियाको पक्षमा कसैको पक्षमा नलागी एकिकृत हुँदै, दास मानसिकता त्यागी जान नेपालका पार्टी नेतृत्वहरुले SAARC, OBOR, BIMISTIC जस्ता संस्थासंग सामिप्य भै अघि बढ्नु टड्कारो आवश्यकता हो । देशलाई दक्ष जनशक्ति, योजना बनाउन सक्ने कर्मचारीको खाँचो देखियो । पार्टीगत भागबन्डाका कर्मचारी हटाउनु र यो राणाकालिन चेसिस भएको कर्मचारीत्रन्त्र पुनर्संरचना गर्नु आजको ठूलो आवश्यकता देख्दछु ।

र अन्त्यमा, 

नेपालको सरकार (सांसद, मन्त्री ,प्रम आदि) देखि संघसंस्था र सरकारी कार्यालयबाट विभिन्न संघसंस्थाले निम्त्याइएको सेमिनार, गोष्ठी, अध्ययन र अनुसन्धानमा भाग लिन जानेहरु संस्थागत विकासतर्फ, संस्थागत सम्बन्ध, भविष्यको सामिप्यता जोड्न छोडेर व्यक्तिगत लाभ हानी, घुम्नु, फिर्नु कार्यक्रमलाई भन्दा स्वार्थ अनुकुल राष्ट्रिय स्रोत र साधन प्रयोग गर्नु चाहिँ ठूलो कमजोरी पंचायतकालीन अवस्थादेखि अहिलेसम्म चलिरहेको देख्दछु । यो सुधार्नु आजको ठूलो आवश्यकता हो ।  

अब यो विकेन्द्रीकरण र एकात्मक संघीयतामा स्थानीय पालिका, प्रदेश भित्रका सामाजिक राजनैतिक नायकहरुले सामिप्यता र कनेक्टिभिटीलाई आधार मानेर सामाजिक क्रियेटिभिटी, सहभागितात्मक आर्थिक र सामाजिक क्षेत्रको विकास, रेडिकल सिर्जना साथै समुदायले खोजेको संस्थाहरुको समन्वयतर्फ लाग्नु आजको आवश्यकता देख्दछु । मुलतः लगाइने स्रोत र साधन, आउटपुट्स, गरिबी घटाउने सिर्जनात्मक आउटकम्स, प्रयोगात्मक र व्यवहारिक उद्यमशीलतातर्फ पाइला चाल्ने बेला आइसकेको अवस्था छ । 

तर पहिले इमान्दारीता, निष्ठा, पारदर्शिता, जिरो टोलरेन्स र विश्वास न  आवश्यकता हो । पार्टीहरुका नारा, गफले नेपाली समाजमा केही नहुने यी बितेका ५५ वर्षमा देखिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केटा र केटीबीच विवाह कसरी जुराइन्छ ?

    ज्योतिष शास्त्रमा बिभिन्न कुराहरुको वर्णन गरिएको छ । हिन्दु धर्मशास्त्रहरुका अनुसार कुनै पनि केटा र केटीको विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ कि हुँदैन भन्ने विचार गर्नुपर्छ । यस कुराको विचार ज्योतिष गणनाको आधारमा हुने गर्छ । कसरी केटा वा केटीको विवाह जुर्छ जुर्दैन थाहा पाउने गरिन्छ त ?

  • कुर्सी नपाउँदासम्म कुकुर बिरालालाई पनि ढोग्छन्, कुर्सीमा पुगेपछि मान्छे नै चिन्दैनन्

    घर झापा विर्ता शनिश्चरे हो । तर काठमाडौं बसेकै ११ वर्ष भैसक्यो । बानेश्वरमा सिलाईको काम गर्दै आएकी छु । झापाको भन्दा काठमाडौंको समस्या बढी देख्छु म त । मेलम्चीको पानी ल्याउँछु भनेको यतिका भैसक्यो आएको छैन । बाटोमा धुलोधुवाँले हिँडिसक्नु छैन ।

  • बम पड्काउनेले बुझ्न नसकेको यथार्थ

    देश चुनावको मुखमा छ । नेता, कार्यकर्तादेखि आमनागरिकलाई चुनाव लागेको छ । दलहरुको घोषणापत्र र नेताहरुले भाषणमा भनेजस्तो देशले छिटै काँचुली फेर्छ भन्नेमा नागरिकलाई विश्वास त छैन, तर चुनावले लामो समयदेखिको संक्रमणकाल अन्त्य गर्छ भन्ने आशा चाहिँ सबैमा छ ।

  • घर कुन दिशामा फर्केको राम्रो ?

    वास्तुशास्त्र अनुसार विभिन्न दिशाहरुको विभिन्न स्वभावहरु छन् । दिशाहरुको स्वभाव अनुसारका संरचनाहरु त्यस दिशामा बनाउनु राम्रो मानिन्छ । पूर्व दिशाबाट सूर्योदय हुने भएकाले यस दिशाबाट निकै राम्रो उर्जाहरु आउने मान्यता रहेको छ ।

  • तपाई मधुमेहको बिरामी हुनुहुन्छ ? भान्छामा छुट्टै खाना बनाउनु पर्दैन

    हिजोआज मानिस हिँड्न छाडे । विकासले जहाँतहाँ बाटो खुल्दा हिँडेर जाने ठाउँमा सवारी साधन प्रयोग हुन थाले । डेरीमा जाँदा क्यान र मान्छेलाई मोटरसाइकलले लैजान्छ । बसको प्रयोग हुन्छ । गाउँ गाउँमा चाउमिन, चाउचाउ, आलु चिप्स, तारेका खानेकुरा पुगे ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया