MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

भालु आतंकः घरमा सुत्न पाउँदैनन् सोलुखुम्बुका किसान

सुबास दर्नाल/उज्यालो ।

सोलुखुम्बु, भदौ २० - अहिले सोलुखुम्बुका धेरैजसो किसान घरमा बस्न पाउँदैनन् । रात परेसँगै घरबाट निस्किएका किसान रातभर खेती जोगाउने ध्येयका खेतमै बस्छन् । दिनमा पनि हालत उस्तैछ । मनसुनी वर्षातले हिलाम्मे धर्तिलाई आफ्नो परिश्रम र पसिनाले उब्जनियुक्त बनाउँदै लाएको बाली नै नजोगिने भएपछि रातदिन नभनी किसान खेतबारीमा बास बस्न बाध्य भएका हुन् ।

बाली कसरी नोक्सान हुन्छ भन्ने प्रश्न उब्जन सक्छ, यसको उत्तर हिमाली जिल्ला सोलुखुम्बुका किसानलाई सोध्ने हो भने उनीहरु भन्छन्, भालु । पछिल्ला केही वर्षयता सोलुखुम्बुका किसान भालुको बिगबिगीले हैरानभएका छन् ।

दिनभरि मेलापात, वनजगंलमा काममा व्यस्त हुने किसान रातमा समेत आनन्दले निदाउन पाउँदैनन् । वर्षभरिका लागि लक्ष्य गरी लगाएको बाली भालुले सखापपारेपछि यतिखेर सोलुखुम्बुका किसान चिन्तित बनेका छन् । बारीमा लगाएको मकै, आलु लगायतका बाली रातको समयमा भालुले सखाप पारेपछि सोलुखुम्बुका किसानले हैरानी व्यहोर्नु परेको हो ।

सोलुखुम्बको गुदेल, टाक्सिन्दु, बासा, सल्लेरी, तामाखानी, बेनी, गोरा, टाप्टिङ, फेरा, गार्मा, केरुङ, सुस्ला, दिम्बुल, भित्ताखर्क लगायत क्षेत्रका किसान यति खेर रातको समयमा घरमा भेटिदैनन् । बारी नै पिच्छे टहरा निर्माण गरी घरका सदस्य बाँडिएर बस्ने गर्छन् किसानहरु । आफूहरुले लगाएको बाली भालुले रातको समयमा सखाप पार्ने भएकाले किसानहरु रातमा निन्द्राको प्रवाहनगरी बारीमै टहरा बनाएर भालु धपाउने गरेका छन् ।

‘वर्षभरि खानभनी लगाएको खेती जङ्गली जनवारले सखाप पार्दा कहाँ घरमासुत्न सकिन्छ र ! त्यसैले रातभरि बारीको कटेरोमा जाग्राम बस्ने गरेको छु’ स्थानीय शन्तमाया विश्वकर्माले गुनासो गर्नुभयो । तामाखानीकै अर्का किसान वीरबहादुर रेग्मी भन्नुहुन्छ ‘भालु तर्साउनका लागि टिन, थाल, घण्टी, सिठ्ठी लगायतका आवाज आउने बस्तु ठटाउँदै बारीमै रात काटाउने गरेका छौं ।’

यसरी रातभरिको जाग्रामका बाबजुद पनि भालुले बालीमा कत्तिखेर आक्रमण गर्छ पत्तो हुँदैन । अस्थायी कटेरो छाडेर जाँदा भालुको आक्रमणमा परिने अर्को चिन्ता । वार्षिक रुपमा सोलुखुम्बु जिल्लामा ५ देखि १० जनाभालुको आक्रमणबाट घाइते हुने गरेको तथ्याङ्क छ ।

हिमाल तथा पहाडका लागि मुख्य बाली आलु, मकै नै हो । तथापी सुविधाको विकाससँगै बढेको जंगलले यो समस्या निम्त्याएको हो । पछिल्लो समय सडक सञ्जालको पहुँच शहर, बजार हुँदै गाउँसम्म पुग्दा मानिसहरु जंगलको दाउरा भन्दा ग्यासको प्रयोग बढी गर्न थालेका छन् । शहरी तथा बजारी क्षेत्रमा विद्युतीय उपकरणको प्रयोग बढ्दो छ । यसले गर्दा दाउराको खपतमा कमी आएको छ ।

अर्को तर्फबाट हेर्दा यसलाई जलवायु परिवर्तनबाट भइरहेको असरलाई न्युन गर्नका लागि वनजंगलको संरक्षणले हरियालीमा भएको बृद्धिले मद्धत पुगेको छ । तथाती वन्यजन्तुको संख्यामा पनि दोब्बर रुपले फड्को मारेको पाइन्छ । सोलुखुम्बु जिल्लामा अहिले २९ हजार हेक्टर क्षेत्रफलमा सामुदायिक वन फैलिएको छ भने ४३ हजार हेक्टर बनजंगल निजी वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

किसानहरुले नियन्त्रण र क्षतिपूर्तिका लाति भन्दै वडा तथा गाउँ तथा नगरपालिका कार्यालयमा निवेदन दिने गरेका छन् । समस्या समाधानका लागी जिल्ला वन कार्यालयमा समेत निवेदन दिन आउने किसानको संख्या बढ्दो छ । अहिले जिल्ला वन कार्यालयमा सय भन्दा बढी निवेदन दर्ता भएको जिल्ला वन अधिकृत मेघराज राईले बताउनुभयो । 

क्षतिपूर्तिका लागि उचित व्यवस्था कहिँकतैबाट हुन नसक्दा आफूहरु थप मर्कामा परेको किसानले बताएका छन् । वन कार्यालयको तथ्यांक अनुसार अघिल्लो वर्ष भालुको आक्रमणबाट सख्त घाइते ४ जनालाई कार्यालयबाट क्षतिपूर्ति रकम उपलब्ध गराएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया