MENU

विज्ञान प्रविधि

Ncell Axiata
chhaka panja

आक्रामक मस्तिष्क क्यान्सरको उपचारमा जिका भाइरसको प्रयोग गर्न सकिने

भदौ २१ – जिका भाइरसलाई मस्तिष्क क्यान्सरको उपचारमा प्रयोग गर्न सकिने अनुसन्धानकर्ताले बताएका छन् । विशेष गरी गर्भमा रहेका शिशुमा असर गर्ने जिका भाइरसलाई मस्तिष्क क्यान्सरबाट पीडित वयस्क व्यक्तिको उपचारमा प्रयोग गर्न सकिने अमेरिकी अनुसन्धानकर्ताले बताएका छन् । 

बालबालिकाको मस्तिष्कमा गम्भीर असर पार्ने हानिकार जिका भाइरसलाई वयस्क व्यक्तिमा देखिने आक्रमक खालको मस्तिष्क क्यान्सरको उपचारमा प्रयोग गर्न सकिने जर्नल अफ एक्सपेरिमेन्टल मेडिसिनमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । आफूहरुले गरेको अनुसन्धानमा जिका भाइरसले वयस्क व्यक्तिमा देखिएको उपचार गर्न कठिन मस्तिष्क क्यान्सरको उपचारमा सकारात्मक प्रभाव देखाएको वासिङ्टन विश्वविद्यालयको स्कुल अफ मेडिसिन र क्यालिफोर्निया विश्वविद्यालयको सानडियागो स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताले बताएका छन् । जिका भाइरसले उपचार गर्न कठिन क्यान्सरबाट संक्रमित मस्तिष्क सेललाई मार्ने अनुसन्धानकर्ताले बताएका छन् । 

मुसामा गरिएको अनुसन्धानमा जिका भाइरससहितको इन्जेक्सन दिँदा जिका भाइरसले क्यान्सरको संक्रमण भएको सेललाई मारेको तर क्यान्सरको संक्रमण नभएको सेललााई केही पनि नगरेको अनुसन्धानकर्ता डा. माइकल डायमण्डले बताउनुभयो । वयस्क व्यक्तिमा देखिने विभिन्न मस्तिष्क क्यान्सर मध्ये आक्रामक खालको क्यान्सरको उपचारमा जिका भाइरस प्रयोग गर्न सकिने देखिएको हो । तीब्र गतिमा फैलिने र ट्युमर बन्दै जाने क्यान्सर सेललाई जिका भाइरसले मार्ने देखिएको हो । 

रेडियोथेरापी, किमोथेरापी र शल्यक्रियाबाट पनि उपचार गर्न असम्भव क्यान्सरको उपचारमा जिका प्रयोग गर्न सकिने अनुसन्धानकर्ताको भनाई छ । मुसामा गरिएको अनुसन्धानबाट आफूहरु आशावादी भएको डा. डायमण्डले बताउनुभयो । अबको १८ महिनाभित्र मानिसमा परीक्षण गर्न सुरु गर्न सकिने उहाँले बताउनुभयो । तर त्यसका लागि जिका भाइरसमा केही परिवर्तन गरिने छ । क्यान्सरको उपचारमा भाइरसको प्रयोग गर्न सकिने सम्बन्धी अनुसन्धान यसअघि पनि भएका छन् । यस्तै मध्ये एक विकल्पको रुपमा जिका भाइरस पनि आएको छ । 

जिका

  • जिका एक प्रकारको भाइरस हो, संक्रमित लामखुट्टेले टोकेमा मानिसमा यसको संक्रमण हुन्छ । 
  • जिकाको संक्रमण भएका धेरै व्यक्तिमा यसको निकै कम लक्षण देखिने वा लक्षण नै नदेखिने हुन्छ । तर यसले गर्भमा रहेका शिशुमा गम्भीर असर गर्दछ । 
  • संक्रमित शिशु असामान्य रुपमा सानो टाउकोसहित जन्मन्छन् । यस्तै उनीहरुको मस्तिष्कको पनि पूर्ण विकास भएको हुँदैन । यसलई माइक्रोकेफली भनिन्छ । 
  • जिका भाइरसको संक्रमणका कारण झण्डै ३० देशका शिशु प्रभावित भएका छन् । 
  • अहिले जिका अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रुपमा रहेको छैन, तर विश्व स्वास्थ्य संगठनले जिकाको संक्रमण अहिले रहे नरहेको बारे अनुगमन गरिरहेको जनाएको छ ।

– स्रोत : बिबिसी र जर्नल अफ एक्सपेरिमेन्टल मेडिसिन

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया