MENU

साहित्य/ कला

Ncell Axiata
chhaka panja

पहिलो पटक खस भाषाको वर्ण विन्यास मस्यौदा तयार

नेत्र शाही/उज्यालो ।

जुम्ला, भदौ २१ – नेपाली भाषाको उदगम स्थल सिंजा लगायत बृहत जुम्लामा बोलीचालीमा आउने मातृभाषा जुम्ली खस भाषाको पहिलो पटक वर्ण विन्यास मस्यौदा तयार भएको छ ।  नेपाल मातृ भाषा केन्द्रको आयोजनामा जुम्लामा स्थानीय भाषा जानकारहरु, पत्रकारहरु र सरोकारवाला निकायहरुको विचमा आयोजना गरिएको जुम्ली भाषाको लेखन निर्देशिका (वर्ण विन्यास) सम्बन्धी कार्यशालामा खस भाषाको वर्ण विन्यासको मस्यौदा तयार भएको हो ।

मस्यौदामा अहिले प्रचलित व्यञ्जन क देखि ज्ञ सम्म रहेका ३६ अक्षरहरुमध्ये २९ वटा निर्धारण गरिएको छ । यसैगरी स्वर अ देखि अः सम्मको ६ अक्षरहरु कायम गरिएको छ ।  यसैगरी सबैभन्दा बढी बोलीचालीमा अहिलेसम्म आउने शब्द “स्ह” नयाँ वर्ण विन्यास मस्यौदा समेत तयार गरिएको छ ।

स्थानीय जुम्ली भाषाको जानकार रमानन्द आचार्यले ईतिहासमा राज्यको संचनामा कर्णालीको वर्चस्व नभएकाले खस भाषाको वर्ण समेत तयार हुन सकेन यस पटक मस्यौदा तयार भएकोमा खुशी व्यक्त गर्नुभयो । 

४० वर्ष शिक्षण पेशा गर्नुभएका स्थानीय गुरुराज न्यौपानेले खसभाषाको यो मस्यौदाले अब भिन्नै पहिचान दिने बताउनुभयो । कालिकोट निवासी बलिराज शाहीले मस्यौदालाई अन्तिम रुप दिन सकिएमा ऐतिहासिक काम हुने बताउनुभयो ।   

मस्यौदालाई नागरिक स्तरमा लैजाने आयोजक मातृ भाषा केन्द्र नेपालका निर्देशक सुशील सुब्बाले जानकारी दिनुभयो । उहाँले नागरिक स्तरबाट स्वीकृत भएमा खस जुम्ली भाषा लेखनशैलीको वर्ण विन्यासलाई किताब तयार गरी अगाडि बढाउने बताउनुभयो ।

विगतको वहृत जुम्ला क्षेत्रमा बोलिने खस भााषामा पहिलो पटक आधारित वर्ण विन्यास मस्यौदाको नाम “खस जुम्ली भाषा लेखनशैली” प्रस्ताव गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया