MENU

बातावरण-कृषि

Ncell Axiata
chhaka panja

गिद्ध रमाउने जटायु रेष्टुरेन्ट

नवलपरासी, भदौ २२ – ‘जटायु रेष्टुरेन्ट’ झट्ट सुन्दा कुनै खाना, खाजा खाने ठाउँ होला भनेर धेरैले अनुमान लगाउने गर्छन् । तर जटायु रेष्टुरेन्ट पुग्दा भने गिद्धहरु आफनो आहार (सिनो, मरेका जनावार ) खाइरहेका हुन्छन् । 

नवलपरासीको कावासोती नगरपालिका पिठौलीमा रहेको जटायु रेष्टुरेन्ट कुनै मानिसका लागि नभै लोप हुने अवस्थामा पुगेका गिद्धको संरक्षणका लागि खोलिएको हो । यहाँ गिद्धको आहारका लागि बुढा गाई पालिएको छ । गाई मरेपछि त्यसको छाला काडेर छाडेपछि गिद्धहरु त्यसलाई आफ्नो आहार बनाउने गर्दछन् ।

सन् २००६ मा नवलपरासीको पिठौली अहिलेको कावासोती नगरपालिका–१३ मा नेपाल पंछी संरक्षण संघको सहयोगमा यसको स्थापना गरिएको हो ।

पशुको उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधिका कारण गिद्ध लोप हुन थालेपछि संरक्षणका लागि जटायु रेष्टुरेन्ट स्थापना गरेर गिद्ध संरक्षण थालिएको हो । डाइक्लोफेनेक औषधिका कारण गिद्ध संकटमा परेको पत्ता लागेपछि योे औषधिको उत्पादन, वितरण र प्रयोगमा रोक लगाइएको छ ।

नवलपरासीको पिठौलीमा जटायु रेष्टुरेन्टको स्थापनापछि यस क्षेत्रमा गिद्धको संख्या दोब्बरभन्दा बढिले बृद्धि भएको छ ।

जटायु रेष्टुरेन्टका संयोजक डिवी चौधरीले विश्वमा पाइने २३ प्रजातिका गिद्ध मध्ये ९ प्रजाति दक्षिण एसियामा पाइने र ती मध्ये ८ प्रजातिका गिद्ध पिठौलीमा पाइने गरेको बताउनुभयो ।

उहाँले पिठौलीमा पाइने ८ प्रजातिका गिद्ध मध्ये ४ प्रजातिका गिद्ध रैथाने गिद्ध भएको र ४ प्रजातिका गिद्ध आगन्तुक रहेको समेत बताउनुभयो ।

सन् २००६ मा यस क्षेत्रमा गरिएको गणना अनुसार ७ प्रजातिका ७२ वटा गिद्ध पाइएकोमा सन् २०११ मा गरिएको गणनामा यो संख्या बढेर १ सय ९७ सम्म पुगेको व्यवस्थापक डिवी चौधरीले बताउनु भयो ।

त्यस यता गिद्धको संख्या १ सय ९१ देखि १ सय ९७ सम्म रहेको उहाँले बताउनुभयो । यहि वैशाखमा चितवन राष्ट्रिय निकुञ्ज कसराको गिद्ध संरक्षण तथा प्रजनन् केन्द्रमा हुर्काइएका डंकर जातका ६ वटा गिद्ध पनि  यहाँ छाडिएको छ । अहिले ती गिद्धलाई रेखदेखका लागि जालीमा राखिएको छ । यि गिद्ध बाहिरका अन्य गिद्धसँग घुलमिल भएपछि छाडिने छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केही दिन मौसममा सुधार नआउने

    काठमाडौं, असोज ५ – काठमाण्डौं उपत्यकासहित देशभरी कै मौसम बिहीबार खुल्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।

  • मनसुनी गतिविधि र जलवाष्पयुक्त हावाको कमजोरीले गर्मी बढ्यो

    काठमाडौं, भदौ ३१ – मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ ।

  • वातावरण संरक्षणमा काम गर्न स्थानीय तहलाई सरकारको निर्देशन

    काठमाडौं, भदौ ३१ – सरकारले सबै स्थानीय तहलाई वातावरणीय संरक्षणमा काम गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातावरण संरक्षणका लागि तत्कालीन र दीर्घकालिन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रणका लागि अन्य उपायसम्बन्धी दशबुँदे परिपत्र जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेको हो ।

  • बाढीले गैँडाका धेरै बच्चा बगाएको अनुमान

    चितवन, भदौ ३० – साउन अन्तिम हप्ता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ ।

  • ‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित)

    दिउँसो २ बजे निकुञ्जबाट शुरु भएको जंगल सफारीको टोली अपराह्न ४ बजे झण्डै १० किलोमिटर उत्तर बाल्कुने नजिकै पुग्यो । सडक छेउमै १० मिटर पर आराम गर्दै थियो विश्वकै दुर्लभ पाटेबाघ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया