MENU

विज्ञान प्रविधि

Ncell Axiata
sagun

ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव, यस्ता छन् छुटका आकर्षण

काठमाडौं, भदौ २२ – न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा मोबइल महोत्सव सुरु भएको छ । ‘दसैंं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दाउ पहार नै उपहार’ योजना अनुरुप मेल सुरु गरिएको हो । ताम्राकार मोबाइल बजारले मेला अवधिभर मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरेको छ । 

सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको बताउँदै ताम्राकार मोबाइल कम्प्लेक्सका सचिव गुरुदत्त शर्माले लेनेभोको सबै मोडलका मोबाइलको खरिदमा ३० प्रतिशत छुटको ब्यवस्था गरिएको बताउनुभयो ।  

ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँ सम्मका विभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध भएको बताउँदै मोबाइल कम्प्लेक्सका कोषाध्यक्ष अनिल ढकालले मोबाइल बजारमा दसैंंका बेला दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएका अफर तथा उपहार पनि उपभोक्ताले पाउने जानकारी दिनुभयो । 

मेलामा सामसुङ, हुवावे, जियोनी, एचटिसी, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, नोकिया, कलर्स लगायत सबै ब्राण्डका मोबाइलफोनको कारोबार हुनेछ ।

बम्पर उपहार स्वरुप प्रदान गरिने सुजुकीको एक वटा जिक्सर मोटरसाइकल र एक वटा सुजुकी कम्पनीकै स्कुटरको लक्की ड्र छठपर्व सकिने बित्तिकै गरिने छ । एउटा मोटरसाइकल भने दसैं अगडिनै लक्की ड्र मार्फत वितरण गरिने छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • पृथ्वीमा रात हराउँदै

    मंसिर ९ – कृत्रिम उज्यालोका कारण पृथ्वीमा रात हराउँदै गएको एक अध्ययनले देखाएको छ । मानव निर्मित प्रकाशका कारण पछिल्लो समय पृथ्वीमा रात कम हुँदै गएको र हरेक वर्ष यो क्रम बढ्दो रहेको अनुसन्धानमा संलग्न जर्मन रिसर्च सेन्टर फर जिओसाइन्सका अनुसन्धानकर्ताले बताएका छन् ।

  • उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपात हुने, देशभर चिसो बढ्यो

    काठमाडौं, मंसिर ९ – अबको दुई दिन उच्च हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने मौसमविदले अनुमान गरेका छन् । पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापिय रेखाको प्रभावले उच्च हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने अनुमान गरिएको मौसमविद विभूति पोख्रेलले जानकारी दिनुभयो ।

  • एनसेलको ‘डिजिटल ज्याम’

    काठमाडौं, मंसिर ८ – एनसेलले आफ्ना सबै कर्मचारीमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीका सेवालाई थप परिस्कृत तथा सेवाप्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले बिहीबार ‘डिजिटल ज्याम’ कार्यक्रम आयोजना गरेको छ ।

  • चीनमा एप्पलले हटायो स्काईपसहितका एप्लिकेशन

    मंसिर ६ – एप्पलले चीनमा आइफोनका लागि एप्पलको एप स्टोरबाट स्काइप, इन्टरनेट फोन र म्यासेन्जरको सुविधासहितका एप्लिकेशन हटाएको छ । चीन सरकारले आफ्नो कानुनी साशनमा असर पर्ने भन्दै एप स्टोरबाट एप्लिकेशन हटाउन लगाएको हो ।

  • नगदबिना मोबाइलबाटै कारोबार गर्न मिल्ने प्रविधि ‘खल्ती’ लोकप्रिय बन्दै

    काठमाडौं, मंसिर ५ - नगद नबोकी कारोबार गर्न सकियोस् भन्ने उद्देश्यले २०१७ को जनवरीबाट नेपालमा भित्रिएकोे ‘खल्ती डिजिटल वालेट’ मोबाइल एप्लिकेशन लोकप्रिय बन्दै गइरहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया