MENU

साहित्य/ कला

Ncell Axiata
sagun

अरुणा लामाको जन्मजयन्ती आज मनाईंदै

काठमाडौं, भदौ २४ – स्वर सम्राज्ञी अरुणा लामाको जन्मजयन्ती शनिबार मनाईंदैछ । सुमधुर स्वरकी धनी अरूणा स्वर किन्नरीका रूपमा परिचित हुनुहुन्छ ।

उहाँको जन्म विसं २००२ को भदौ २४ मा दार्जिलिङको पहाडी क्षेत्र माङ्पुमा भएको थियो । उहाँले २०१६ सालमा पहिलो गीत ‘हे कान्छा मलाई फुलको तारा खसाईदेउन’ रेकर्ड गराउनुभएको थियो । अरुणा लामाले नारायण गोपाल, गोपाल योञ्जन, कर्म योन्जन आदिसँग काम गर्नुभएको छ ।

उहाँले परालको आगो, कान्छी, पहिलो प्रेम लगायत आठवटा चलचित्रसहित झण्डै साढे ३ सय गीतमा श्वर भर्नुभएको छ ।

उहाँको पोहोर साल खुशी फाट्यो जतन गरी मनले टाले, ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो, उदास मेरो जीवन कथा कसैलाई सोधिन लगायत दर्जनौं गीत लोकप्रिय छन् । अरुणा लामाको निधन २०५४ साल माघ २२ गते काठमाडौंमा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया