MENU

साहित्य/ कला

Ncell Axiata
chhaka panja

पोखरा अन्तर्राष्ट्रिय काव्य संगम सम्पन्न

 

कास्की, भदाै २५ - देवकोटा लु सुन एकेडेमी नेपालद्वारा आयोजित पोखरा अन्तर्राष्ट्रिय काव्य संगम–२०७४ एक समारोहका बीच  शनिबार पोखरामा सम्पन्न भएको छ । 

काव्य संगममा नेपाल, भारत र भुटानका तीन दर्जनभन्दा बढी कविले आआफ्ना रचना वाचन गरेका थिए । उनीहरुले समाजका विद्यमान विकृति, विसंगती, गिर्दो मानवीय संवेदनालगायत विषयमा  सिर्जनामार्फत व्यंग्य प्रहार गरेका थिए । 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले सो कार्यक्रमको उद्घाटन गर्दै भाषा, साहित्य र संस्कृति विश्वमै सबैको साझा भएको बताउँदै यिनीहरुको जगेर्ना गर्नु आवश्यक रहेको बताउनुभयो । 

सामाजिक सचेतना अभिवृद्धिका लागि सर्जकले आफ्ना सिर्जनामार्फत महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै उहाँले राज्यले पनि साहित्यका क्षेत्रमा लाग्ने स्रष्टालाई उच्च मूल्यांकन गर्नुपर्ने बताउनुभयो । 

वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले कविता छोटो र लामो हुनुले कुनै अर्थ नराख्ने बताउँदै विषयको गाम्भीर्य, भावलगायत कसिलोपन ल्याउने तत्वको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । 

प्राज्ञ हरिदेवी कोइराला, उषानन्दी गहतराज (सिलिगुडी) ,  (उषाकिरण राई, खर्साङ), तुम्बेहाङ लिम्बू  (भुटान), देवरती भट्टाचार्य  (कोलकाता) लगायतले कविता वाचन गर्नुभएको थियो । 

एकेडेमीका अध्यक्ष निनु चापागाईँको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार कृष्ण प्रसाईँद्धारा लिखित ‘घामको विरासत’ शीर्षकको कविता संग्रहको लोकार्पण पनि गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​प्रोल्लास सिन्धुलीयले ल्याए ‘जन्मजात बाहुनको विज्ञप्ति’

    काठमाडौँ, असोज १ – कवि प्रोल्लास सिन्धुलीयको कविता संग्रह ‘जन्मजात बाहुनको विज्ञप्ति’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ ।

  • ​‘अब यो घोडचढी नाच कसले नाचिदिन्छ ?’

    काठमाडौं, भदौ ३१ – ‘अब यो घोडचढी नाच कसले नाचिदिन्छ ? जसको मन छ, उ जान्दैन । जो गर्न सक्छ उ मान्दै मान्दैन ।’ तराईको चमार समुदायमा प्रचलित रहेको चम्खोली बाजा र घोडचढी नाच लोप हुँदै गएको सेरोफेरोमा आधारित नाटक ‘घोडचढी’ को एउटा संवाद हो यो ।

  • व्यंग्य: सय दिन कटाएका देउवाले भने–डेढसय हुनुपर्थ्यो, बल्ल ५४ जना मात्र भए मन्त्री

    के को अधिकार ? कस्तो अधिकार ? भन्देखिनलाई तपैंले जे सोध्यो, त्यही भन्नुपर्छ भन्ने कहाँ लेख्या छ भन्देखिनलाई । तपैंले सोधेको भन्न नचाहनु मेरो पनि अधिकार । भयो ?

  • वाङमय शताब्दी पुरुष जोशीको विशेष सम्मान : रथ यात्रा र नागिरक अभिनन्दन

    काठमाडौं, भदौ ३० – वरिष्ठ संस्कृतिविद् तथा वाङमय शताब्दी पुरुष डाक्टर सत्यमोहन जोशीलाई शुक्रबार विशेष कार्यक्रमका साथ नागरिक अभिनन्दन गरिएको छ ।

  • कथा : शत्रु

    जनककुमारीको एक्लो छोरो मर्दा जनककुमारीको पीरभन्दा तिनको सान्त्वनाले त्यहाँ भएका मान्छेहरूको आँखामा आँसु ल्यायो । गाउँलेहरूमा झगडा पर्यो भने तिनी नै मध्यस्थ हुन्थे । तिनले गरेको फैसलाले कोही पनि असन्तुष्ट भएको देखिँदैनथ्यो । आफ्नो घरबाट तिनी कम निस्कन्थे र निस्केको दिन कि त कसैकहाँ मृत्यु भएछ कि झगडा भएछ भनी ठान्नुपर्थ्यो; सडकमा सब जना अदबसँग तिनको अभिवादन गर्थे ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया