MENU

विचार/अनुभूति

Ncell Axiata

माइक्रोबसमा देखिएको परदेशीका प्रेम

सन्जिता देवकोटा

पहिलोपटक म एक्लै लामो यात्रामा निस्केको थिएँ । परदेशीका अनुभव बटुल्न काठमाडौंबाट सुनसरी निस्कँदै गर्दा उत्साहित पनि थिएँ ।ल है ४३८९ आइपुग्यो । पुलमुनी छ, छिटोछिटो गएर चढिहाल्नुस है  ४३८९ नम्बरको माइक्रोबसका सहचालक परैबाट चिच्याउँदै साकिरा माइक्रोबसको काउन्टरमा आए । 

अघिल्लो दिन टिकट काट्न जाँदा ६ बजे नै कोटेश्वर आइपुग्नु भनेका थिए । त्यसैले म बिहानको ६ नबज्दै कोटेश्वर पुगेर त्यही ४३८९ नम्बरको माइक्रोबस कुरिरहेको थिएँ । झण्डै डेढ घण्टा कुर्नुपर्दा मलाई दिक्क लागिसकेको थियो । कुरा गर्ने पनि पनि कोही थिएनन् । 

कोटेश्वरबाट माइक्रो ग्वार्कोतर लाग्यो । बालकुमारी पुलमा रोकियो । पुलमा तीनजना युवा र दुईजना युवती उभिइरहेका थिए । उनीहरु पनि सायद म जस्तै बिहान ६ बजेदेखि माइक्रोबस कुरिरहेका थिए । 

उनीहरु सबैको हातमा एक एकवटा सुटकेस थिए । चालक र सहचालकले बल्लबल्ल उचालेर त्यसलाई छतमा मिलाए । गाडी कोटेश्वरबाट पूर्व लाग्यो । माइक्रोबसको एक नम्बरको सिट थियो मेरो । नजिकैको सिटमा ती युवाहरु थिए । उनीहरुसँगै उभिएका दुईजना युवतीको सिट त्यसको लगत्तै पछाडिको परेछ । गाडी गुडेपछि उनीहरु गफिन थाले ।

तीनमध्येका एक युवा बोले, ‘कान्छी तिमी त्यता म यता ।’ सँगैका अर्को युवाले थपे, ‘तिमीलाई छाडेर विदेश जान पनि मन थिएन, अहिलेपनि पछाडिको सिटमा राख्न कहाँ मन छ र ?’ तेस्रोले प्याच्च उनी बोले, ‛काखैमा राखन त । कसले रोकेको छ र ?’

बसमा अरु यात्रु नभएको झैं गरी उनीहरु आफ्नै सुरमा गफ गर्न थाले । उनीहरुको कुरा सुन्दा थाहा भयो, तीन जना युवा कुवेतको एउटै कम्पनीका काम गर्दा रहेछन् । उनीहरु कुवेत गएको झण्डै वर्ष दिन पुग्न लागेछ । कम्पनीसँग छुट्टि मिलाएर नेपाल आएका रहेछन् । अनि पछाडि सिटमा बसेका दुई युवती चाहिँ उनीहरु मध्ये दुईजनाका प्रेमिका रहेछन् । 

उनीहरुले  प्रेमिकालाई गाउँ देखाउन लैजाँदै थिए, सायद । युवतीहरु बेलाबेलामा हाम्रो गोरखा यस्तो उस्तो भनेर कुरा गर्थे । उनीहरु गोरखाका रहेछन् भन्ने अन्दाज लगाउन गाह्रो भएन । म र उनीहरु मध्येकै एकजना युवा बेलाबेलामा उनीहरुको कुरा सुनेर मुस्कुराउँथ्यौ। उनीहरु आफ्नै संसारमा रमाएर कुरा गरिरहेका थिए । तर अघिल्लो र पछाडिको सिटबाट गफ गर्न उनीहरुलाई असहज भैरहेको थियो । मलाई पनि उनीहरुको छेउमा बस्न अप्ठेरो लागिरहेको थियो ।

मैले सोचेँ, बरु पछाडि सिटका युवतीसँग बस्ने ठाउँ साट्छु । उनीहरुलाई सँगै बस्न भनें । मेरो कुरा भुईँमा खस्न नपाउँदै पछाडि सिटमा बसेका युवतीहरु उठेर अगाडि आए । मेरै छेउका एक परदेशी पनि म सँगै पछाडिको सिटको आए । अब माइक्रोको सिट नम्बर १, २, ३ र ४ नम्बरमा उनीहरु दुई जोडी भए । स सँगै आफ्नो साथी पनि पछाडिको सिटमा गएपछि दुईजनाले जिस्काए, ‘हाम्रो सँगै तेरो पनि जम्ने भो ।’  उनीहरुको कुराले म रिसाइन । किनकी मलाई उनीहरुको कुरा सुन्नु थियो । 
सुनसरीको इनरुवाका उनीहरु कुवेतमा निर्माणको क्षेत्रमा काम गर्दा रहेछन् । तीनैजना बाल्यकाल देखिका मिल्ने साथी पनि रहेछन् ।  मसँगै रहेका युवालाई सोधें, ‘तपाईंको चाहिँ कान्छी छैनन् ?’

उनले मुस्कुराउँदै भने, ‘मेरो त गाउँकै हुन ।’ अनि फेरि बोले, ‘के गर्नु माया बसेपछि यस्तै हो । परदेशबाट धेरै बोल्न पनि भ्याइनन् । नेपालमै आएको बेला त ....।’
उनको कुरा सुन्दा बुझियो, स्कुलदेखिकी प्रेमिका गाउँमा उनलाई कुरिरहेकी थिइन् । माइक्रो सिन्धुलीको बाटोमा बिस्तारै गुड्दै थियो ।  युवतीसँगै यात्रा गरिरहेका दुई परदेशीलाई गाडीको गतिसँग वास्ता थिएन । तर मेरो छेउको सिटमा बसेका अर्का परदेशी आतुर थिए । उनी गाडी चालकसँग सोधिरहन्थे, ‘दाई बल्ल यहाँ आइपुगियो कतिबेला पुगिएला त ?’ चालकको जवाफ एउटै थियो, ‘साँझ नपर्दै पुगिन्छ भाइ ।’ सप्तकोशी तर्दा घाम डुबिसकेको थियो । फोनबाटै उनीहरुले प्रेमीकालाई बासको व्यवस्था मिलाईदिए । 

उनीहरु सुनसरीको झुम्का भन्ने ठाउँमा ओर्लिए । ‘भोलि बिहान सात बजे है कान्छी,’ प्रेमिकासँग बिदा मागे । बेलुका सात बजे माइक्रो इटहरीको बसपार्कमा रोकियो । म सँगै दुई युवती पनि ओर्लिए । उनीहरु प्रेमीले व्यवस्था गरिदिएको होटलको खोजीमा लागे । म पनि आफ्नो बाटो लागे । 

उनीहरु जस्तै धेरै परदेशीका प्रेमिका पनि यही दिनको प्रतिक्षामा होलान । तर सबैले कहाँ यस्तो अवसर पाउँछन र ? हिजोआज परदेशीले पनि विदेश गएपछि घरकी श्रीमतीको माया मार्ने अनि परदेशीका श्रीमतीले पनि श्रीमान विदेश गएपछि अर्कै सुर कस्ने क्रम बढ्दो छ । 

मलाई परदेशमा उनीहरुले भोगेका सुख, दुःखका कुरा सोध्न मन थियो । तर उनीहरुको यो पललाई बिगार्न मन लागेन । नाम पनि सोधिन । परदेशीका पीडा सुन्न योजना बनाएर हिँडेकी मैले अर्का परदेशीको खुसीलाई अनुभव गर्दै यात्रा गर्न पाएँ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपालमा चीनको स्वार्थ

    कैयौँ पटक ‘नेपालको सार्वभौमसत्ता रक्षाका लागि’ चीनले सहयोग गर्ने भन्ने गरिएको छ बेइजिङ्गबाट । कूटनीतिक दृष्टिले यो अत्यन्तै गम्भीर अभिव्यक्ति हो । यसको अर्थ नेपालको सर्वभौमसत्ता गुम्ने र नेपालको अस्तित्व नै नरहने खतरा छ भनेर चीनले विश्लेषण गरेको हो भनेर बुझ्नु पर्ने हुन्छ ।

  • आँखाको क्यान्सर कति खतरनाक ?

    एक दशक अगाडि अलि कम र अहिलेको दशकमा एकदम धेरै सुनेको रोग क्यान्सर हो । शरीरको विभिन्न अंगहरु फोक्सो, आन्द्रा, कलेजो, पाठेघर, स्तनलगायतमा क्यान्सर भए जस्तै आँखामा पनि क्यान्सर हुन्छ । अरु क्यान्सरमा भन्दा यो क्यान्सर हुने जोखिमयुक्त कारक तत्वहरु फरक छन् ।

  • ओलीका अघिल्तिर कति धेरै अवसर ?

    बोले अनुसार काम थाल्ने हो भने वाम गठबन्धनको सरकारका सामु चुनौती थोरै र अवसरहरु कता हो कता धेरै छन् । अब बन्ने सरकारका लागि सबैभन्दा ठूलो अवसर विकासलाई तल्लो तहसम्म पुर्यासउने संरचना तयार छ । स्थानीय तहको चुनावपछि विकासलाई नागरिकको घर दैलोसम्म पुर्याउने जनप्रतिनिधिहरु चुनिएर अहिले काममा छन, तर देखाउने काम नपाएर कामका अवसरको खोजीमा छन ।

  • चुनाव सम्पन्न गराउनु ठूलो उपलब्धि : देउवा

    मेरो नेतृत्वमा सरकार गठन भएपछि जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर निर्णयहरु भएका छन् । विशेषगरी स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएका विकृतिहरु नियन्त्रण गर्न चिकित्सा शिक्षा आयोगको अध्यादेश जारी गरिएको छ । जनताको स्वास्थ्यसँग सरोकार राख्ने चिकित्सा शिक्षा व्यापारको विषय होइन ।

  • लभ गर्ने फर्मुला

    बिहे नभएकाले त लभ गरे गरे । तर बिहे गरेका, घरभरी छोराछोरी भएकाहरु समेत लभ गरि हिँड्छन् । श्रीमानको आँखाकान छलेर श्रीमतीले, श्रीमतीको आँखाकान छलेर श्रीमानले लभ गरेर हिँडेको तपाईं हामीले धेरै ठाउँमा देखेभोगेकै हो क्यारे । लभ पर्न केही न केही त जुर्नुपर्यो । कि मन मिल्नुपर्यो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया