MENU

विचार/अनुभूति

ujyaalo forign call inside

दुर्घटनामा मृतकको नाम फरक परेपछि ...

नवदीप अजनबी –

गाडी दुर्घटना कतै नहोस्, कहिले नहोस् । अप्रिय समाचार कहिले लेख्न नपरोस् । तर, यस्तो कामना गरेर मात्र नहुने । बेलाबेला दुर्घटना भइ नै रहेको हुन्छ । दुर्घटनापछि सामाचार त दिनै पर्‍यो । यो त पेशागत धर्म हो । पेशागत धर्म निभाउँदा पनि कहिलेकाहीँ स्रोतको गलत सूचनाको कारण पीडा भोग्नु परेको घटना पनि यदाकता आइलाग्छन् ।यस्तै आइलाग्यो, शनिबार नुवाकोटको शिवपुरी–७ थानाभञ्ज्याङमा भएको बस दुर्घटनाको समाचार सम्प्रेषणमा । दुर्घटना भयो भने समाचार सम्प्रेषणमा निकै प्रेसर हुन्छ । हामी जिल्लामा बस्नेहरुका लागि आफ्ना काम गरिरहेका सञ्चारमाध्यामबाट भन्दा अरु सञ्चारमाध्यामबाट धेरै फोन आउँदा कहिलेकाही त दिक्कै पनि भइन्छ । 

शनिबार पनि मध्यान्हतिर दुर्घटनाको जानकारी पाएपछि त्यसको सूचना संकलनमा धेरै सकस भयो । जहाँ दुर्घटना भयो त्यो स्थानमा फोनको सहज पहुँच थिएन । कहिले सिडिओलाई फोन गर्‍यो, कहिले एसपी, डिएसपी र प्रहरी निरीक्षकलाई । बेलुकीपख प्रहरीसँग दुर्घटनामा ज्यान गुमाउनेको विवरण माग्दा उनले सात जनाको नाम टिपाए, २ जनाको ठेगाना बिनाको नाम आयो । त्यही समाचार गयो । 

मृतकको सूचीमा एक जनाको नाम नै फरक परेछ । आइतबार विहानमात्र प्रहरीले पनि नाम फरक परेको थाहा पायो । मृतकको सूचीमा जसको नाम राखिएको थियो, ती व्यक्ति घाइतको सूचीमा थिएनन् । हामीले सूचनाको भरपर्दो स्रोतबाट आएको विवरण गलत हुन्छ भन्ने ठानेनौं । तर, प्रहरीको सूचना गलत भइदिंदा श्रोता र पाठकको नजरमा सञ्चारमाध्यम गलत भयो । सञ्चारमाध्यमको नजरमा हामी सम्वादाता गैरजिम्वेवार देखिने भइयो । अनि, हाम्रा नजरमा प्रहरी । 

एउटा पाठक भएको नाताले तीन चरण पछिको लहरो केलाउँदैन । उसले सिधै सञ्चारमाध्यमलाई धारे हात लाउँछ नै । अनि यसमा जसको नाम आयो, सकुशल व्यक्तिको मृतकको सूचीमा । त्यसमा नाम आउने व्यक्ति र उसका आफन्तलाई बढि पीडा हुन्छ । 

पछिल्लो समय नेपालमा ‘बे्रकिङ न्युज’ भन्दै यस्ता घटनामा को भन्दा को महिले हुने एकप्रकारको लिगलिगे दौड चल्छ सञ्चारमाध्यामहरुबीच । तर, लिगलिगे दौड जित्ने अभिलाषामा गलत समाचार दिंदा हुने क्षति(भौतिक वा मानसिक) वा पीडाको ओखती बनेकै छैन । यस्तै दौडमा यसपाली म पनि चिप्लिएँ । नाम गलत सम्प्रेषण भएको भन्ने थाहा हुनासाथ म आफैलाई लाग्यो ‘साच्चै मैलै ठूलै अपराध गरेँ’ । 

कहिलेकाही संख्या फरक परेको थियो । कहिले मृतकको सख्ंया ५ भन्दा तीन मात्र हुने, ४ भन्दा ३ मात्र भएका घटना थियो । त्यतिबेला संख्यामात्र फरक परेको थियो । तर, नाम नै फरक परेको पहिलो पटक झेलियो । 

मलाई पहिलेदेखि यस्ता दुर्घटनाका समाचारमा ‘पहिलो हुनुपर्छ’ भन्ने लाग्दैन । सही सूचना लिएर समाचार दिंदा ढिलै भए पनि आकाशै खस्दैन भन्ने लाग्छ । कहिलेकाही डेस्कबाट फोन आउदा ‘फलाना मिडियामा यति आइसकेको छ । तपाई त थोरै भन्दै हुनुहुन्छ’ । तर आधिकारिक रुपमा पुष्टी नभई दिँदा गलत सूचना जान्छ । अरुले जे भने पनि पनि आधिकारिक निकायबाट पुष्टी नभएकोले नदिएको भन्ने गर्थें म । तर, यसपाली आधिकारिक निकायबाटै हावा खुस्कियो । 

विगतमा केही घटनाहरुमा गलत सूचनाहरु प्रवाह भएको उहाहरण केही छन् । पाँच वर्ष अघि नुवाकोटको दुईपिपलमा बस दुर्घटना भयो । काठमाडौंको एक टिभीले पाँच जनाको ज्यान गएको समाचार ‘ब्रेक’ ग¥यो । तर, दुर्घटनामा तीन जनाको ज्यान गएको थियो । भोलिपल्टसम्म पनि त्यो टिभी पाँचबाट ३ मा झर्न तयार भएन । टिभीको लागि जिल्लाबाट काम गर्ने रिपोर्टरले संख्या सच्याए कि सच्याएनन् कुन्नी । टिभीले भनेको ‘पाँच’आजसम्म पूरा भएको छैन ।दुई वर्षअघि रसुवामा बस दुर्घटना हुदाँ ३८ जना(दुर्घटानस्थलमा ३६ जनाको ज्यान गाको थियो) को ज्यान गयो । म आफू पनि रिपोर्टिङको लागि घटनास्थल पुगेँ । रसुवासमेत कार्यक्षेत्र भएको मैले काम गर्ने पत्रिकामा भोलिपल्ट ३८ जनाको ज्यान गएको भनि समाचार आयो ।  

समाचारपढेपछि ‘जिल्ला हाकिम’लाई फोन गरेँ खै कसरी संख्या बढ्यो भन्ने जवाफ आयो । पत्रिकाले भनेको मृतकको संख्या पुग्न थप तीन दिन कुर्न पर्‍यो । अर्थात उपचारको क्रममा थप दुई जनाको ज्यान गयो ।

हामी पत्रकारहरुबाट हुने गरको यस्ता गल्तीबाट पीडित पक्षलाई पुग्न तनावको मापन शायदै हामी गर्न सक्छौ । तर, हामीले यस्ता गल्तीहरुमा पीडितको स्थानमा आफूलाई राखेर हेर्‍यौं भने आमामी दिनमा सहि सूचना प्रवाह गर्न थप जिम्वेवारी बोध गराउँछ । हतारको साहित्य भन्ने पत्रकारिताको हाम्रो सानो हतारले कसैको जीवन बर्बाद बनाउन सक्ने भएकोले पत्रकारितालाई हतारको साहित्य मात्र भन्नु हुँदैन । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया