MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
chhaka panja

​यो हप्ताका चर्चित तस्बिर : दुई वटा टाउको भएको कछुवादेखि कुमारीसम्म

भदौ २६ – यो हप्ता विश्वका सञ्चारमाध्यमहरुमा केही तस्बिरहरु चर्चित भएका छन् । बेलायतका राजकुमार जर्ज विद्यालय गएको तस्बिरदेखि दुईवटा टाउको भएको कछुवाको तस्बिरसम्म सञ्चामाध्यमहरुमा लोकप्रिय भए । 

राजकुमार जर्जको विद्यालयमा पहिलो दिन । बुवा राजकुमार विलियमसँग विद्यालय जाँदै राजकुमार जर्ज ।

जेनेभाको म्युजियम अफ् नेचुरल हिस्ट्रीमा दुई वटा टाउको भएको कछुवा रहेको छ । जसको नाम हो जेनस । जेनसको २० औं जन्मदिनको अवसरमा लिइएको ये तस्बिर यो हप्ता निकै नै लोकप्रिय भयो । 

भारत प्रशासित जम्मू कश्मीरको तवी नदीमा एक युवती गणेशको प्रतिमा विसर्जन गर्दै ।

बेलायती संसद नजिक एक तीन पाङ्ग्रे साइकलमा युरोपियन युनियनको झण्डा प्रदशर्न गर्दै असन्तुष्टि जनाउँदै एक व्यक्ति । यी व्यक्तिले बेलायती सांसद बोरिस जोन्सनको मास्क लगाएका छन् । बेलायतले युरोपियन युनियनबाट बाहिरिने निर्णय गरिसकेको छ ।

टेक्सासको अस्टिनमा विश्व दाह्री तथा जुँगा प्रतियोगितामा भाग लिन आएका प्रतियोगी ।

न्युयोर्कको ब्रुकलिनमा क्यारिबियन कार्निबलको तयारी गर्दै भिजन्स इन मोसन ग्रुुप ।

आफ्नो चलचित्र ‘मदर’ को प्रिमियर सुरु हुनुभन्दा पहिले नायिका जेनिफर लरेन्स प्रशंसकलाई अटोग्राफ दिँदै । यो चलचित्र ७४ औं भेनिस फिल्म फेस्टिभलमा देखाइने छ । 

काठमाडौंमा हुने कुमारी पूजाको तयारी गर्दै । जीवित देवीका रुपमा लिइने कुमारीलाई सजाईँदै । 

लन्डनको सबैभन्दा अग्लो रनिङ ट्रयाकमा दौडिदै धावकहरु । 

कोलम्बियाको बांरकिलामा कोलम्बिया र ब्रांजिल बिचको विश्वकप छनौटअन्तर्गतको खेलको पर्खाइमा एक प्रशंसक । 

फ्रान्सको सौं मार्टिनमा समुन्द्री आँधी इरमा आउनुभन्दा पहिले कार शोरुम क्षति नपुगोस् भनि गरिएको पूर्व तयारी । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया