MENU

विचार/अनुभूति

Ncell Axiata
chhaka panja

महिला हिंसा कम गर्ने अभियानमा लागेका पुरुष

टंक ढकाल -

सेतो कुर्ता र धोती । काँधमा सेतै गम्छा । निधारमा ठाडो रातो टीका । टाउकोमा लामो टुप्पी, शिखा पारिएको । सिरहाको मझौराका गोविन्द यादव । देख्दा लागेको थियो, यी व्यक्ति गाउँको पूजारी वा धार्मिक अगुवा हुनुपर्छ । वा धर्म तथा परम्पराको नाममा बाँधिएको पात्र । 

गोविन्दले आफ्नो परिचय दिएपछि मेरो अनुमान उल्टो बन्यो । ‘मेरो नाम गोविन्द ..., म गाउँमा महिला हिंसा न्यूनिकरणका लागि गठन भएको पुरुष सञ्जालको अध्यक्ष ।’ परिचय दिनुअघिसम्म उनी हिंसाका कारक हो जस्तो लागेको थियो । तर उनी त महिलाका सारथी पो रहेछन् । 

केही हप्ताअघि लिंगकै आधारामा महिलामाथि हुने गरेको हिंसाको र फेरिँदै गएको गाउँको अवस्था बुझ्न महोत्तरी र सिरहा जाँदा भेटिएका पात्र हुन्, गोविन्द यादव ।  

५६ वर्षे गोविन्द तीन छोराका बुवा हुन् । चार नातिनातिना पनि भए । उनीसँग कुरा गर्दै जाँदा तराईका गाउँमा महिलामाथि महिला भएकै आधारमा हुने हिंसाका कारक मात्रै होइन पुरुष, समाधानका माध्यम पनि हुन् भन्ने बुझ्न बेर लागेन । 

आधासरो पाकेको कपाल, चाउरी पर्दै गएको छाला । तर सोच भने भर्खर तन्नेरी हुँदै गएको वा उज्यालो । गोविन्दसँगको भेटले मलाई पनि थप उत्साहित बनायो । 

गोविन्दको अगुवाइमा वर्षौंदेखि नागरिकता नपाएकी गाउँकी राममुखी शर्माले नागरिकता पाउनुभयो । राममुखीको अनुहारमा फुलेको खुशी भन्दा खुलेको खुशी थियो गोविन्दको अनुहारमा । गोविन्दको उत्साह र आँखाले भ्याएसम्म देखिने धान खेत, रमाइलो तराई यात्रा ।

 

यही क्रममा अर्का उत्साहित पात्र पवनकुमार झासँग पनि भेट भयो । जिल्लामा बसेर राजनीति गर्दै आएका पवनकुमार (६३ वर्षका) पनि गाउँमा महिलामाथि हुने हिंसा विरुद्धको अभियानमा जुटेका छन् । पहिरन गोविन्दको जस्तै, उर्जा पनि उस्तै । गोविन्द र पवनकुमारसँगको भेटले तराईका गाउँमा महिलामाथि हुने गरेका हिंसा कम गर्नका लागि महिला मात्रै होइन पीडक भनिएका पुरुष नै जुटेको देख्दा मन रोमाञ्चित भयो । 

...

आमा, श्रीमती, छोरी अनि बुहारी बनेर घर व्यवहार सम्हाल्ने महिला । तर समस्यामा पनि उनीहरु नै । घरेलु हिंसा होस् या बोक्सी आरोप, दाइजो, यौनजन्य हिंसा तथा उत्पीडनको शिकार बन्न बाध्य पनि महिला । धर्म सँस्कृति तथा परम्पराका नाममा बाँध्न खोज्ने समाज । ती सबैलाई सहेर आफू भन्दा अरुको स्याहारमा लाग्ने महिला पछिल्लो समय आफ्ना लागि पनि बोल्न थालेका छन् । 

राजनीतिक परिवर्तनका लागि पनि महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाली महिला आन्दोलनको जग राणा शासनकै बेला सुरु भएपनि देखिने गरी प्रभाव भने वि.सं. २०६२/०६३ को दोस्रो जनआन्दोलनपछि पर्‍यो । अहिले संविधानमा नै महिलाको समानुपातिक समहभागिता, सम्पत्तिमा समान अधिकार तथा महिला भएकै आधारमा हुने विभेदलाई कानुनी रुपमा दण्डनीय घोषणा गरिएको छ । 

यसको पछिल्लो उदाहरण बनेको छ, छाउपडी प्रथा । धर्मका नाममा महिलालाई महिनावारी भएका बेला गरिने विभेदलाई दुई हप्ताअघि संसदले पारित गरेको मुलुकी फौजदारी कानुनले अपराध घोषणा गरेको छ । कानुनी रुपमा महिलालाई सशक्त बनाउन धेरै हदसम्म सफल भएको भन्न सकिन्छ । अब पालो कानुन कार्यान्वयनको, जसका लागि महिलालाई लिंगका आधारमा गरिने विभेदपूर्ण सामाजिक मानसिकतामा परिवर्तन ल्याउनु पहिलो आवश्यकता हो । 

यसमा लागि अरु भन्दा महत्वपूर्ण हुन्छ, समस्या जसलाई छ उसैले आवाज उठाउनु । उनीहरुले उठाएको अवाजमा सिरहाका गाउँमा स्वर थप्ने काम गरेका रहेछन्, गोविन्द र पवनकुमार जस्ता उमेर पाक्दै गएका गाउँका अगुवाले । 

हिंसा र उत्पीडनको कुरा गर्दा तराईका जिल्लाको नाम अघि आउँछ । तर पछिल्लो समय सिरहाका गाउँमा महिलामाथि हुने हिंसा विरुद्ध गाउँका पुरुष नै एकजुट भएको देख्दा मन आनन्दित भयो । यसले यात्रामा उर्जा थप्यो । 

...

घुम्टोमा बस्ने मधेसी महिला आफ्ना लागि बोल्न थालेका । समस्यामा परेको कुरा भन्न सक्ने हुँदै गएका । अनि आफ्नो मात्रै होइन अरुको समस्यामा साथी बन्न थालेका । 

यो यात्राले स्थानीय महिला अगुवाकासँगको रमाइले भेटको अवसर जुरायो । त्यो भन्दा ठूलो महिलामाथि हुने हिंसाको कारक मानिँदै आएका पुरुष, महिला हिंसाको विरोधमा जुटेको देख्न पाउनु । उनीहरुको अनुभवको साक्षी बस्न पाउनु रमाइलो लाग्यो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • संविधान बनाउँदाको अनुभव : धारा पारित गर्दा पानी पनि खाइन

    लामो छलफल र संवादपछि घोषणा भएको नेपालको संविधान, ७० वर्षदेखिको नागरिकको चाहना र भावना पूरा भएको त्यो क्षण मलाई झल्झल्ली याद आउँछ । निकै गर्व लाग्छ त्यो क्षण सम्झँदा पनि । संविधान घोषणा नहुन्जेलसम्म संविधान घोषणा नगर्न धरै ठाउँबाट दबाब आयो ।

  • तेस्रो चरणको चुनावपछिको संकेत

    काठमाडौं, असोज २ – २ नम्बर प्रदेशका आठ जिल्लामा स्थानीय तहको तेस्रो चरणको चुनावसँगै संविधान कार्यान्वयन र राजनीतिक कार्यदिशाको बाटो थप फराकिलो बन्दैछ । राजपाको सहभागिता नै तेस्रो चरणको चुनावको सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

  • जसले आफ्नै बलबुतामा संविधानको उल्था गरे !

    झन्डै डेढवर्ष अघि एकदिन मित्र एकराज चौधरीले कुरा चुहाउनु भयो, 'मैले नेपालको संविधान थारु भाषामा उल्था गर्ने विचार गरे।' एकजना रेडियोकर्मी जसलाई म जहिले भेट्थे बिहानदेखि बेलुकासम्म रेडियो स्टेशनमै व्यस्त रहेको पाउँथे । त्यसैले मैले चौधरीको कुरालाई गम्भीरतापूर्वक लिइन ।

  • दुर्घटनामा मृतकको नाम फरक परेपछि ...

    गाडी दुर्घटना कतै नहोस्, कहिले नहोस् । अप्रिय समाचार कहिले लेख्न नपरोस् । तर, यस्तो कामना गरेर मात्र नहुने । बेलाबेला दुर्घटना भइ नै रहेको हुन्छ । दुर्घटनापछि सामाचार त दिनै पर्‍यो । यो त पेशागत धर्म हो ।

  • माइक्रोबसमा देखिएको परदेशीका प्रेम

    तीनमध्येका एक युवा बोले, ‘कान्छी तिमी त्यता म यता ।’ सँगैका अर्को युवाले थपे, ‘तिमीलाई छाडेर विदेश जान पनि मन थिएन, अहिलेपनि पछाडिको सिटमा राख्न कहाँ मन छ र ?’ तेस्रोले प्याच्च उनी बोले, ‛काखैमा राखन त । कसले रोकेको छ र ?’

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया