MENU

समाज

Ncell Axiata
sagun

​अझै मरेकी छैनौ भन्ने श्रीमानले फोन गरेर भने, ‘पैसा पठाइदिन्छु उपचार गर्नु,’

मोहन पौडेल/उज्यालो । 

भदौ २६ – सिन्धुपाल्चोककी चन्द्रमाया तामाङलाई श्रीमानले फोन गरेका छन् । चन्द्रमायाका श्रीमान कतारमा सम्पर्कविहिन भएको खबर उज्यालो अनलाइनमा प्रकाशित भएपछि फोन आएको हो ।

चन्द्रमायाका श्रीमान् डिलबहादुर क्षेत्रीले गएको १० गते फोन गर्नुभएको हो । १० गते राती आएको फोनमा चन्द्रमायाले श्रीमानको स्वर चिन्नुभयो तर बोली सुनिएन भनेर राखिदिए । श्रीमान नै हो भन्ने चिनेपछि चन्द्रमाया राती फेरि पनि फोन आउने आशमा बस्नुभयो तर आएन । ‘११ गते फेरि फोन आयो अनि उहाँले किन बोल्नै नसके जस्तो गर्छेउ त भन्नुभयो मैले बिरामी छु भनें’ चन्द्रमाया भन्नुहुन्छ ‘मैले त्यति भनेपछि उहाँ केही बोल्नुभएन हेलो हेलो केही बुझिएन भनेर राखिदिनुभयो ।’

१५ गते पनि डिलबहादुरले फोन गर्नुभयो । त्यतिबेला चन्द्रमायाले बुहारीलाई फोन उठाउन लगाउनुभयो । बुहारीसँग डिलबहादुरले सासु बिरामी भएको हो भनेर सोध्नुभयो । बुहारीले बिरामी भएकाले उपचार गर्न काठमाडौं लान लागेको बताएपछि उहाँले पैसा पठाइदिने बताउनुभयो । ‘बुहारीलाई उहाँले पैसा पठाइदिन्छु चाहिँ भन्नुभएछ तर कहिले पठाइदिने, कति पठाइदिने भन्ने चाहिँ भन्नुभएनछ’ चन्द्रमायाले सुनाउनुभयो ।

बुहारीले उहाँलाई यतिञ्जेल सम्पर्कविहिन हुनुको कारण पनि सोध्नुभयो तर उनले पहिलेको जस्तै केही बुझिएन भन्दै हेलो हेलो मात्रै भनेर काटिदिए । त्यसपछि पनि एक दुई दिन बिराएर त्यही नम्बरबाट फोन त आउँछ तर हेलो हेलो बाहेक केही पनि भन्दैनन् । चन्द्रमायाले त्यही नम्बरमा पटक पटक फोन गर्नुभयो तर उठेन । 

खबर प्रकाशित भएका बेला श्रीमान् काठमाडौंमै रहेछन भन्ने पनि थाहा पाउनुभएको छ चन्द्रमायाले । किनकि भदौ पाँच गते खबर प्रकाशित भएपछि डिलबहादुरले ९ गते कतारमा रहेका चन्द्रमायाका आफन्तलाई फोन गरेका थिए । 

नेपालको नम्बरबाट गरिएको फोनमा डिलबहादुरको बोली उनीहरुले चिने तर केही भन्दै नभनी काटिदिए । ‘त्यतिबेला यहीँ रहेछन तर अहिले तपाईंहरुले न्युज बनाएपछि उनी फेरि कतार नै पुगेछन्’ चन्द्रमायाले  भन्नुभयो । 

यो पनि पढ्नुहोस् । 

कतारबाट श्रीमानले तिमी अझै मरेकी छैनौ भनेपछि..

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया