MENU

समाज

Ncell Axiata
sagun

धादिङको विशालटारमा बस दुर्घटना, ३१ जना घाइते

धादिङ, भदौ २७ – धादिङको विशालटारमा मंगलबार बिहान बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

बेनिघाट रोराङ गाउँपालिकाको विशालटारमा लु २ ख ६६३० नम्बरको बस अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताउनुभयो । काठमाडौंबाट छुटेको गाडीमा ४४ जना यात्रु रहेकोमा ३१ जना घाइते भएका हुन् ।

घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं वीर अस्पताल लगिएको छ । अरुको मलेखुमा रहेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया