MENU

राजनीति

Ncell Axiata
chhaka panja

उपसभामुख र एनटिभीका अध्यक्षसँग आयोगले माग्यो २४ घण्टाभित्र स्पष्टीकरण

काठमाडौं, भदौ २७ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयलाई लिएर व्यवस्थापिका संसदका उपसभामुख गंगाप्रसाद यादव र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । 

आयोगबाट अलग–अलगरूपमा सोधिएका स्पष्टीकरणको व्यहोरा यस्तो छ

उपसभामुखका सन्दर्भमा आयोगबाट सोधिएको स्पष्टीकरणमा प्रदेश नम्बर २ मा सञ्चालन भइरहेको तेस्रो चरण चुनावका क्रममा सप्तरी जिल्लाको चुनावको प्रचारप्रसारमा यहाँले निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका गाडीहरु प्रयोग गरेको सूचना आयोगमा प्राप्त हुन आएको हुँदा व्यवस्थापिका ससदको उपसभामुख पदमा आसिन व्यक्तिले यसरी आचार संहिता विपरीत चुनाव प्रचार प्रसार गरेवापत यहाँलाई कारबाही हुनु पर्ने हो होइन ? २४ घण्टाभित्र आयोग समक्ष स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

आयोगले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई सोधिएको स्पष्टीकरणमा गएको सोमबार नेपाली कांग्रेसले ललितपुरमा आयोजना गरेको राजनीतिक कार्यक्रममा उपस्थित रहेको सूचना आयोगमा प्राप्त हुन आएको सन्दर्भमा नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष पदमा रहेको पदाधिकारी कुनै दल विशेषले आयोजना गरेको राजनीतिक कार्यक्रममा संलग्न हुने कार्य निर्वाचन आचारसंहिता विपरीतको कार्य हुदा यहाँलाई निर्वाचन आचारसंहित उल्लङ्घन गरेबापत कारबाही गर्नुपर्ने हो होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया