MENU

खेल

Ncell Axiata
sagun

यु १९ एसिया कप छनौट क्रिकेट : नेपाल भर्सेस भुटान

काठमाडौं, भदौ २८ – उन्नाइस वर्षमुनिको एसिया कप छनौट क्रिकेट प्रतियोगिताको पूर्वी क्षेत्र अन्तर्गत भुटानले नेपाललाई ५१ रनको लक्ष्य दिएको छ । मलेसियामा भइरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमायो ।

नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । सन्दिप सुनार र अाशिफ शेखले अोपनिङ गरिरहेका छन् ।

 

नेपालका दिपेन्द्र सिंह ऐरीले पाँच, सन्दिप लामिछानेले चार साथै नन्दन यादवले एक विकेट लिएका छन् । नन्दनले तेस्रो ओभरमा भुटानका ओपनर जीवन घल्लेलाई एक रनमा आउट गरेका हुन् ।

दिपेन्द्रले ९ औँ ओभरमा दुई र १९ औँ ओभरमा दुई साथै २१ औँ ओभरमा एक विकेट लिएका हुन् । सन्दिप लामिछानेले २४ औँ ओभरमा एक र २६ औँ ओभरमा दुई साथै २८ अाै अोभरमा एक गरेर चार विकेट लिएका छन् । भुटानका युग्येन दोर्जीले ४३ बलमा १३ रन साथै टासी फुन्टशोले ६५ बलमा १६ रन बनाए । अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

समूह ‘ए’ मा रहेको नेपालले उद्घाटन खेलमा थाइल्याण्डलाई २ सय ५५ रनको अन्तरले हराएको थियो । पहिलो खेलमा भुटान सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो ।

प्रतियोगितामा नेपाल बलियो टिमको रुपमा हेरिएको छ । तीनवर्ष अघि एसियाली क्रिकेट परिषदको पुनर्संरचना भएपछि नयाँ संरचनाको रुपमा यो प्रतियोगिता भएको हो । एसियाली क्षेत्रमा यसअघि यस खालको एउटै प्रतियोगिता हुँदै आएकोमा अहिले भने दुई क्षेत्र बनाएर प्रतियोगिता गरिएको हो । नेपालसहित ८ देश पूर्वी क्षेत्रमा छन् भने अफगानिस्तान, युएई, कतार, ओमान, साउदी अरेबिया, माल्दिभ्स, बहराइन, इरान र कुवेत पश्चिमी क्षेत्रमा छन् । 

नेपालले सन् २००७ मा १९ वर्षमुनिको एसिसी एलिट कपको उपाधि जितेयता उपाधि जित्न सकेको छैन । त्यसपछि दुई पटक एसिसी यु–१९ एलिट कपमा नेपाल अफगातिस्तानसँग पराजित भएको थियो । अहिले १० वर्षपछि नेपाललाई १९ वर्षमुनिको संरचनामा उपाधि जित्ने मौका छ । किनकी अहिले नेपाल रहेको क्षेत्रमा बलियो मानिएको अफगानिस्तान छैन ।

१९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिता आउँदो नोभेम्बरमा भारतमा हुँदैछ । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश तथा छनौट चरणबाट आएका चार टिम एसिया कप क्रिकेटमा खेल्ने छन् । पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रको फाइनलमा पुग्ने दुई दुई टिम एसिया कपका लागि छनौट हुने छन् ।  

नेपालको खेलको जानकारी एसएमएसबाट पनि थाहा पाउन सकिन्छ । मोबाइलको म्यासेस बक्समा सिआरआई टाइप गरी ३५५६६ मा एसएमएस पठाए खेलको पछिल्लो जानकारी लिन सकिन्छ ।   


 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपाल युएईसँग पाँच रनले पराजित

    काठमाडौँ, मंसिर ७ - थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

  • ​फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

    काठमाडौं, मंसिर ६ – विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो

  • दिल्ली र राजस्थान रोयल्सका खेलाडी इपिएलमा ललितपुरबाट खेल्ने

    काठमाडौं, मंसिर ७ – आउँदो पुसको ४ गतेदेखि सुरु हुने एभेरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको लागि अहिले ६ वटा टिम अन्तिम तयारीमा जुटेका छन् ।

  • बार्यन म्युनिखका फ्यानले गरे मैदानमा नोटको वर्षा

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको बार्यन म्युनिख र एन्डरलेक्टबिचको खेल भइरहेका बेला मैदानमा पैसाको बण्डल बर्सियो । अवे मैदानमा भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखका समर्थकले पैसाको बण्डल मैदानमा फालेका हुन् ।

  • च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया