MENU

अर्थ

Ncell Axiata
chhaka panja

​आजदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

काठमाडौं, भदौ २८ – नेपाल राष्ट्र बैंकले दसैँका लागि बुधबारदेखि नयाँ नोट साट्दै छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट बुधबारदेखि नयाँ नोट साट्न पाइने ब्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । 

ती बैंकका शाखाहरुबाट ५, १०, २०, ५० र एक सय दरका नयाँ नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकले निकालेको सूचनामा नयाँ नोट एकजनाले २० हजार रुपैयाँसम्मको साट्न पाउनेछन् । 

यस्तै राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका काउन्टरबाट भने २७ हजार रुपैयाँसम्म नोट सटही गर्न सकिनेछ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया