MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
chhaka panja

मेरो नाम बेगम जान हो, म रोहिंग्या हुँ

भदौ २८ – ६५ वर्षकी बेगम जान म्यानमारको रखिने प्रान्तबाट आउनुभएको हो । म्यानमारमा जारी हिंसाका कारण उहाँ केही दिनअघि मात्रै भागेर बंगलादेश आउनुभएको हो । 

मैले जीवनमा लामो सघंर्ष गरेँ । मेरो श्रीमान २५ वर्ष पहिले नै बित्नुभयो । त्यसपछि हातमुख जोड्नै समस्या भयो । गाउँका गल्ली–गल्ली घुमेर नमागी मेरो बाँच्ने आधार नै केही थिएन । मेरा दुबै जना छोरीको विवाह भैसक्यो । त्यसैले पनि मलाई सहयोग गर्ने कोही छैन । 

एक रात गोली बारुदको आवाज सुनेपछि म सहनै सकिन र उठेँ । मैले आफ्नै कानमा कसैले बन्दुक पड्काएको जस्तै अनुभव गरेँ । 

सबैजना भागिरहेका थिए । म पनि उनीहरुसँगै भागेँ । मलाई आफ्नो शहर छोड्ने मन थिएन । मलाई बंगलादेश आइपुग्न दुई दिन लाग्यो । बंगलादेशसम्म आइपुग्दा निकै नै सास्ती खेप्नुपर्यो । मलाई हिँड्न लट्ठीको सहारा चाहिन्थ्यो । हजारौंको संख्यामा मान्छेहरु बंगलादेशतर्फ हिँडिरहेका थिए तर पनि मलाई कसैले वास्ता गरेनन् । नदीमा सेना तैनाथ रहेको सुनेपछि डुङ्गा तर्ने बेलामा मेरो मन निकै आत्तियो ।

अहिले बंगलादेशमै भए पनि म डराइरहेकी छु । एउटा कुरामा भने खुशी छु कि यहाँ विस्फोटन र बन्दुकको आवाज चाहिँ सुन्नु परेको छैन । मलाई विश्वले हामीलाई सहयोग गरिरहेको छ भन्ने सुन्दा खुशी लाग्छ ।

म चाहन्छु हाम्रो कथा सबैले सुनून् । म चाहन्छु पूरा विश्वले हाम्रो पीडा सुनोस् । मलाई थाहा छैन यसले कति काम गर्छ । हाम्रो भविष्य नै छैन, हाम्रो जीवनमा आशा भन्ने नै कुरा नै छैन । 

(बंगलादेशको कक्स बजार नजिकै रहेको बालुखली शरणार्थी क्याम्पमा बेगम जानसँग अल जजीराकी केटी आर्नोल्डले गरेको कुराकानीको अनूदित अंश ।)

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया