MENU

समाज

Ncell Axiata
chhaka panja

​आंशिक प्राध्यापकका मागमा प्रधानमन्त्री सकारात्मक

काठमाडौं, भदौ २८ – प्रधानमन्त्री शेरबहादुर देउवाले आङ्शिक प्राध्यापकका माग सम्बोधन गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ । 

प्रजातन्त्रवादी प्राध्यापक सङघका अध्यक्ष जगत तिमिल्सिना तथा आंशिक प्राध्यापकसँग जनकपुरमा भएको भेटमा प्रधानमन्त्री देउवाले त्रिविका आंशिक प्राध्यापकका समस्या सम्बोधन गर्न शिक्षा मन्त्री र अर्थ मन्त्रीलाई निर्देशन दिएको जानकारी गराउनुभएको हो । 

वर्षौदेखि आंशिक रुपमा पढाइरहेका प्राध्यापकलाई करार गर्नुपर्ने माग जायज रहेकाले प्रधानमन्त्रीलाई माग सम्बोधन गर्न दबाब दिएको प्रजातन्त्रबादी प्राध्यापक सङ्घका अध्यक्ष जगत तिमिल्सिनाले जानकारी दिनुभयो । 

आंशिक प्राध्यापकले अनसन बसेको दुई महिना पुग्न लाग्दा पनि आफुहरुका माग सुनुवाई नभएकाले अब अझै कडा आन्दोलनको तयारी गरिरहेको बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया