MENU

समाज

Ncell Axiata
sagun

सेफ्टी पिन अपरेशनमा ७१ जना पक्राउ, डिग्री पास गरेका युवा पनि समातिए

काठमाडौं, भदौ २८ – काठमाडौं उपत्यकाका सार्वजनिक यातायात महिलामैत्री बनाउने उद्धेश्यले सुरु गरिएको सेफ्टी पिन अभियानमा एक महिनामा ७१ जना पक्राउ परेका छन् ।

सार्वजनिक यातायातमा महिला तथा बालबालिका माथि हुने यौनजन्य दुर्ब्यबहारलाई न्यूनिकरण गर्न प्रहरीले ३३ वटा टोली बनाई उपत्यकामा गुड्ने सार्वजनिक गाडीमा सादा पोसाकमा प्रहरी परिचालन गर्दै आएको छ । 

उपत्यकामा चल्ने गाडीमा महिलालाई दुर्ब्यबहार गर्ने ६१ जना काठमाडौंबाट र ललितपुर र भक्तपुरबाट ५र५ जना पक्राउ परेका छन् ।महानगरीय प्रहरी कार्यालयको तथ्यांक अनुसार यौनजन्य दुर्ब्यबहार र अपशब्द गालीगलौज गर्ने ४८ जना, अश्लिल हर्कत गर्ने १० र अन्य ५ जना पक्राउ परेका छन् । 

जस मध्ये २४ जनाविरुद्ध मद्दा चलाएको छ भने ४७ जनालाई यस्तो कार्य नदोहोरिने गरी आफन्तको जिम्मा लगाइएको प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । यौनजन्य दुर्ब्यवहार र गालीगलौज गर्ने ४८ मध्ये साधारण लेखपढ जानेका ३८ जना छन् भने डिग्री पास गरेका १ जना समेत छन् । यस्तो हिंसाजन्य क्रियाकलापमा १५ देखि २५ वर्ष उमेर समुहको बाहुल्यता रहेको देखिन्छ ।

यस अभियान अन्तर्गत खटिएको प्रहरीले सार्वजनिक गाडीमा पाकेटमार्ने ८ जनालाई पनि पक्राउ गरेको छ । यो अभियान तिन महिना सम्म निरन्तर रुपमा संचालन हुने र त्यस पछि आवश्यकता अनुसार सञ्चालन हुने बताउँदै महानगरीय प्रहरी कार्यालयले कसैलाई कुनै ठाउँमा हिंसा भएमा निर्धक्कसँग उजुरी गरे पीडितको गोपनियतालाई कायम राख्दै तुरुन्तै कारवाही गर्ने समेत जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया