MENU

राजनीति

Ncell Axiata
chhaka panja

​माओवादीले चुनाव नजिते मधेशले पाएको उपलब्धि गुम्ने खतरा : अध्यक्ष प्रचण्ड

सिरहा, भदौ २८ – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले चुनाव नजिते अहिलेसम्मका उपलब्धिसमेत गुम्न सक्ने खतरा रहेको बताउनुभएको छ ।

सिरहाको धनगढीमाई नगरपालिका, धनगढी बजारमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीयता, समावेशीता, धर्मनिरपेक्षता केबल माओवादीको ठूलो त्याग र बलिदानीबाट मात्र प्राप्त भएकोले त्यसलाई संस्थागत माओवादीले मात्र गर्न सक्ने दाबी गर्नुभयो ।

संघीयता विरोधी, समावेशीता विरोधी र धर्मनिरपेक्षता विरोधी पार्टीलाई मत दिएर ठूलो बनाई नेपाली जनताको बलिदानीबाट प्राप्त उपलब्धिहरु उल्टिने र पुनः ०४६/०४७ फर्किने खतरा रहेकोसमेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संघीयता, समावेशीता, धर्मनिरपेक्षता ल्याउने परिवर्तनकारी माओवादीलाई मत दिने कि संघीयता विरोधी, समावेशीता विरोधी पार्टीलाई मत दिने हो, त्यसको साँचो अहिले मधेशी जनताको हातमा आएको छ, त्यसले यसलाई सही ढंगबाट सदुपयोग गर्नुहोला ।’

मधेशको सच्चा हिमायती आफ्नो पार्टी मात्र रहेको दाबी गर्दै अध्यक्ष प्रचण्डले माओवादीप्रति आकर्षण बढेकै कारण ठूलो संख्यामा मधेशी नेताहरुले आफ्नो पार्टी प्रवेश गरिरहेको समेत उल्लेख गर्नुभयो ।

आफू दश महिना प्रधानमन्त्री रहेका बेला मधेशलाई विश्वासमा लिन र जायज माग सम्बोधन गर्न धेरै मेहनत गरेको बताउँदै अध्यक्ष प्रचण्डले मधेशी जनताको भावनाको सम्बोधन गर्नुका साथै मधेशी दलको असन्तुष्टि सम्बोधन गर्न र चुनावमा ल्याउन ठूलो भूमिका निर्वाह गरेको दाबीसमेत गर्नुभयो ।

तराई, पहाड र हिमाललाई जोडेर राष्ट्रिय विकासलाई अगाडि बढाउन आफूले गरेको प्रयासको परिणाम राम्रो आएको ठोकुवा गर्नुहुँदै अध्यक्ष प्रचण्डले मधेशी जनता आफूप्रति संवेदनशील रहेकोसमेत बताउनुभयो ।


 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • निर्वाचित भएको १० मिनेटपछि हृदयघात भएर वडा सदस्यको मृत्यु

    सप्तरी, असोज ५ – सप्तरीमा स्थानीय तहमा निर्वाचित भएपछि खुशीयाली साटासाट गर्ने क्रममा हृदयघातका कारण एक महिला वडा सदस्यको निधन भएको छ ।

  • महोत्तरीमा राजपाको अग्रता कायमै

    महोत्तरी, असोज ५ – पछिल्लो मतपरिणाम अनुसार महोत्तरीमा राजपा अग्रस्थानमा देखिएको छ । जिल्ला निर्वाचन कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार राजपा सवैभन्दा बढी ६, नेपाली कांग्रेस ४, नेकपा माओवादी केन्द्र ३, संघीय समाजवादी फोरम नेपाल १ र स्वतन्त्रका उम्मेदवार १ स्थान अघि छन् ।

  • ३० स्थानीय तहसहित ६१० वडाको मत परिणाम सार्वजनिक

    काठमाडौं, असोज ५ – तेस्रो चरणको असोज २ गते चुनाव सम्पन्न भएको प्रदेश नं २ को आठ जिल्लाका १३५ स्थानीय तहमध्ये अहिलेसम्म ३० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

  • ​वीरगञ्ज महानगरको पछिल्लो परिणाम

    पर्सा, असोज ५ – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेस अघि छ । कांग्रेसलाई राजपाले पछ्याइरहेको छ ।

  • प्रदेश नम्बर २ : ३० स्थानीय तहको नतिजा, को कहाँ विजयी ?

    काठमाडौं, असोज ५ – प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनाव अन्तर्गत अहिलेसम्म ३० स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र नेपाल संघीय समाजवादीले प्रमुख पद जितेका छन् ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया