MENU

राजनीति

Ncell Axiata

सबै गाउँपालिकाको कार्यालय सदरमुकाममा, स्थानीयबासिन्दालाई थप सास्ती

रमेश ऐडी/उज्यालो ।

हुम्ला, भदौ २८ – हुम्लाका ७ वटा गाउँपालिकाले सदरमुकाम सिमकोटमै सम्पर्क कार्यालय खोलेका छन् । सम्पर्क कार्यालय खोलेर जनप्रतिनिधि सदरमुकाममा बसेपछि सेवाग्राही मर्कामा परेका छन् ।

स्थानीय तहको चुनावपछि गाउँमै सबै सेवा उपलब्ध हुने भनिए पनि गाउँमा पूर्वाधार, कर्मचारी व्यवस्थापन, विद्युत तथा बैंक नभएको भन्दै सदरमुकामबाटै सेवा दिनुपरेको जनप्रतिनिधिहरुले बताएका छन् ।

हुम्लाका नाम्खा, खार्पुनाथ, चंखेली, अदानचुली, सीमकोट। सार्केगाढ र ताँजाकोट गाउँपालिकाको सम्पर्क कार्यालय सदरमुकाम सिमकोटमा खोलिएको छ । स्थानीय बासिन्दालाई सिफारिस, जन्मदर्ता, नागरिकताजस्ता कामका लागि ४ दिनसम्म हिँडेर सदरमुकाम नै धाउनुपर्ने बाध्यता छ । 

नागरिकताको लागि  सिफारिस बनाउन ३ दिन हिँडेर सिमकोट पुगेका ताँजाकोट गाउँपालिका ३ का कर्णप्रसाद जैसीले भन्नुभयो, ‘व्यवस्था फेरियो दुःख फेरिएन ।’ स्थानिय तहको चुनावपछि घरदैलोमै सेवा पाउने आश गरेका नागरिक पहिलेको जस्तै अवस्था देखेर दिक्क भएका छन् ।

यस्तै कर्मचारी नहुँदा पनि थप समस्या भएको छ ।  कर्मचारी पूरा नहुँदा एकजना वडा सचिवले ३  वटा वडा धान्नु परेको अदानचुली गाउपालिकाका अध्यक्ष दल फडेराले बताउनुभयो ।  

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया