MENU

खेल

Ncell Axiata
chhaka panja

यु-१८ साफ फुटबलका लागि नेपाली टोली घोषणा

काठमाडौं, भदौ २८ – १८ वर्षमुनिको साफ फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । 

आउँदो सोमबारदेखि भुटानमा हुने प्रतियोगिताका लागि २३ सदस्यीय टोली छनौट गरिएको हो । १८ वर्षमुनिको ललित मेमोरियल फुटबल प्रतियोगिता साथै प्रशिक्षकको सिफारिसका आधारमा ७४ जना खेलाडीबाट अन्तिम २३ जना खेलाडी छनौट गरिएको हो । 

गोलकिपरमा सन्देश गुरुङ, अभिशेक बराल र अर्पण कार्की, डिफेन्डरमा सुमन अर्याल, विश्वास उदास, रोमन लिम्बु, आकाश श्रेष्ठ, असिम भुषाल, विकास खवास, निराजन महर्जन तथा राजन गुरुङ छानिएका छन् । 

यस्तै, मिडफिल्डमा दिनेश हेन्जन, अशोक मगर, अभिशेक रिजाल, अरिक बिष्ट, अनिल महर्जन, सेसेहाङ आङ्देम्बे, राजिव लोप्चन र राम ओजे छानिएका छन् । यसैगरी फरवार्डमा धिरज श्रेष्ठ, रेजिन सुब्जा, प्रिजेन तामाङ र दिपेश आले मगर छन् ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया