MENU

खेल

Ncell Axiata
sagun

रियल मड्रिडको प्रभावशाली जित, रोनाल्डोले गरे दुई गोल

भदौ २९ – साबिक विजेता रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको यो सिजनमा विजयी सुरुवात गरेको छ । बुधबार रातिदेखि सुरु भएको यो सिजनको समूह चरणको खेलमा समूह ‘एच’ मा रहेको युरोपियन च्याम्पियन रियल मड्रिडले साइप्रसको क्लब अपोल निकोसियालाई ३–० ले हराएको हो । रियल मड्रिडको जितमा क्रिष्टियानो रोनाल्डोले दुई तथा सर्जियो रामोसले एक गोल गरे । १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । पहिले हाफमा १–० को अग्रता लिएको रियल मड्रिडले दोस्रो हाफको सुरुमा नै पेनाल्टीको अवसर पायो । ५१ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत व्यतिmगत दोस्रो गोल गर्दै रियल मड्रिडको अग्रता दोब्बर पारे । ६१ औं मिनेटम रामोसले गोल गरेपछि रियल मड्रिडले ३–० को जित निश्चित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा जित निकाल्दै जिनेदिन जिदानको टिम रियल मड्रिडले महत्वपूर्ण तीन अंक जोडेको छ । समूह ‘एच’ अन्तर्गतकै खेलमा इंग्लिस क्लब टोटनह्यामले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई ३–१ ले हरायो । टोटनह्यामको जितमा ह्यारी केनले दुई तथा सन हेङ–मिनले एक गोल गरे । बोरुसियाका लागि एण्ड्री यार्मोलेन्कोले एक गोल फर्काए । खेलको इन्जुरी समयमा ज्यान भेर्टोनग्हेन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटनह्याम १० खेलाडीमा सीमित भएको थियो । जितपछि टोटनह्यामको पनि तीन अंक नै भएको छ । तर गोल अन्तरका आधारमा टोटनह्याम दोस्रो स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सीले पाए गोल्डेन–सू, दिए रोनाल्डोलाई टक्कर

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन–सू अवार्ड जितेका छन् । गएको सिजन युरोपियन क्षेत्रका लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाका साथी खेलाडी लुइस स्वारेजले शुक्रबार बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू अवार्ड प्रदान गरेका हुन् ।

  • वेष्ट ह्याम र लेस्टर सिटीले अंक बाँडे

    मंसिर ९ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • रोनाल्डोले गरे डेम्बेलेको ‘इनसल्ट’, भने ‘मेस्सीसँग खेल्न बार्सिलोना आएको’

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाले यहि सिजन महंगो मूल्यमा भित्र्याएका उसमान डेम्बेलेलाई नचिन्ने बताएका छन् । अहिले एउटै लिगमा खेल्दा चिने पनि बार्सिलोनाले डेम्बेलेलाई अनुबन्ध गरेका बेला आफूले उसलाई नचिनेको रोनाल्डोको भनाई छ ।

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया