MENU

खेल

Ncell Axiata
chhaka panja

ओलम्पिक खेलकुद : सन् २०२४ को पेरिस तथा २०२८ को लस एन्जलसमा हुने

भदौ २९ – सन् २०२४ को ओलम्पिक खेलकुद फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने भएको छ । सन् २०२४ को ओलम्पिक खेलकुद आयोजनाका लागि पेरिस र अमेरिकाको लस एन्जलसले दाबी गर्दै आएकोमा पछिल्लो पटक लस एन्जलस पछि हटेको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले आवश्यक बजेट व्यवस्थापन गरिदिने प्रतिबद्धता जनाएपछि लस एन्जलस ओलम्पिक आयेजना गर्न थप चार वर्ष कुर्न राजी भएको हो । सन् २०२८ को ओलम्पिक खेलकुद लस एन्जलसमा हुनेछ । पेरिस सन् २००८ देखि नै ओलम्पिकको आयोजना गर्न इच्छुक रहँदै आएको थियो । पेरिसमा १ सय बर्ष अघि ओलम्पिक प्रतियोगिता आयोजना भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया