MENU

समाज

ujyaalo forign call inside

बाघको छालासहित एकजना पक्राउ

काठमाडौं, भदौ २९ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आठ फिट आठ इन्च लामो बाघको छालासहित एकजनालाई पक्राउ गरेको छ । 

ब्युरोबाट खटिएको टोलीले बुधबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ गणेश चोकबाट संरक्षित वन्यजन्तु बाघको छालासहित सुर्खेतका प्रेमबहादुर शाहीलाई पक्राउ गरेको हो । 

ब्युरोले शाहीलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण  ऐन, २०२९ को दफा २६ (१) अनुसार संरक्षित वन्यजन्तु अवैधरुपमा ओसारपसार गर्नेलाई पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै जरिवना गर्ने व्यवस्था गरेको छ । रासस 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया