MENU

खेल

Ncell Axiata
sagun

यु–१९ एसिया कप क्रिकेट छनौट : नेपाल भर्सेस सिंगापुर, नेपालले लियो ९ विकेट


काठमाडौं, भदौ २९ – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको छनौट प्रतियोगितामा नेपाल अहिले सिंगापुरसँग खेलिरहेको छ । मलेसियाको क्लब अमानमा टस हारेर नेपाल पहिले फिल्डिङ गरिरहेको छ ।

नेपालले अहिलेसम्म ९ विकेट लिएको छ । पवन शराफले ६, किशोर महतोले दुई  र दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।  खेलको अपडेटका लागि मोबाइलमा सिआरआइ टाइप गरी ३५५६६ मा एसएमएस गर्न सकिनेछ ।

आफ्ना दुवै खेल जित्दै नेपाल र सिंगापुर प्रतियोगिताको सेमिफाइनल पुगिसकेका छन् । दुई समूह रहेको यो प्रतियोगिताको फाइनलमा पुग्ने टिम एसिया कपका लागि छनौट हुनेछन् । नेपालले यसअघि थाइल्याण्डलाई २ सय ५१ र भुटानलाई ९ विकेटले हराएको थियो । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया