MENU

समाज

Ncell Axiata
chhaka panja

नगरप्रमुखद्वारा जन्मदिनमा मुक्त हलियाका बालबालिकालाई शैक्षिक सामग्री वितरण

तपेन्द्र विष्ट/उज्यालो । 

डडेल्धुरा, भदौ २९ – डडेल्धुराको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नु भएको छ । 

उहाँले बुधबार परेको आफ्नो जन्मदिनको अवसरमा लटेश्वर आधारभूत विद्यालय अमरगढी–१ मालमका अति विपन्न मुक्त हलियाका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्नु भएको हो । विद्यालयमा अध्ययनरत २४ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको नगरप्रमुख ओझाले बताउनुभयो ।

विद्यार्थीहरुलाई कापी र पेन्सिल लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो । आफ्नो जन्मदिनमा अरु खर्च गर्नु भन्दा सामाजिक काम गर्न पाउँदा निकै खुशी लागेको उहाँले बताउनुभएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया