MENU

राजनीति

Ncell Axiata
chhaka panja

कांग्रेसका शीर्ष नेताले आज सर्लाही र रौतहटमा चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं, भदौ २९ – नेपाली कांग्रेसका शीर्ष नेताले बिहीबार सर्लाही र रौतहटमा चुनावी सभालाई संबोधन गर्दैछन् ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायत केन्द्रीय नेताले सर्लाहीको मलंगवामा दिउँसो १ बजे हुने आमसभालाई संबोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै उहाँहरुले बेलुका ४ बजे रौतहटको रौतहटको गरुढा चिनी मिलको मैदानमा हुने आमसभालाई संबोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ ।  

रौतहटको कार्यक्रमलाई संबोधन गरेपछि प्रधानमन्त्री देउवासहित शीर्ष नेताकोको टोली शुक्रबार हुने सभालाई संबोधन तथा नेता कार्यकर्तासँग छलफल र भेटघाटका लागि बिहीबार नै वीरगञ्ज जाने कार्यक्रम छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया