MENU

समाज

Ncell Axiata
chhaka panja

विराटनगर घुम्न जानेलाई उपयोगी ट्राभल भिडियो

काठमाडौं, भदौ २९ – विराटनगर घुम्न जानेलाई उपयोगी हुने ट्राभल भिडियो निर्माण भएको छ । नेपालको औद्योगिक नगरी विराटनगर महानगरपालिकाका घुम्नैपर्ने १० वटा पर्यटकीय ठाउँको दृश्य समेटिएको भिडियो सामाग्री इष्ट नेपाल टुर नामक युट्युब च्यानलले सार्वजनिक गरेको छ ।

भिडियोमा विराटनगरको वेलकम गेट, गोपाल गार्डेन तथा एक्वा पार्क, विमानस्थल, प्राचीन वीराट राजाको दरबार क्षेत्र लगायतका गन्तव्य समेटिएको छ । 

भिडियोमा विराटनगरमा रहेको पुर्वकै पहिलो नाटकघर गुरुकुल, विराटनर नजिकै झोराहाटको नाट्यघर विश्वको दोश्रो ठूलो रथयात्रा गराउने मन्दिरको रुपमा परिचित राधाकृष्ण मन्दिर, चन्द्रमाका चट्टान राखिएको तथा चन्द्रमा पुगेका बज एल्ड्रिनसम्मले भ्रमण गरेको शान्ति वन क्षेत्रलाई पनि समेटिएको छ । 

पूर्वको पुरानो र सबैभन्दा ठूलो शहर आँउने स्वदेशी तथा विदेशीलाई घुम्ने स्थलहरुको जानकारीको इन्टरनेटमा उपस्थिति जनाउन भिडियो निर्माण गरिएको भिडियोका परिकल्पनाकार वीराट अनुपमले जानकारी दिनुभयो । यो च्यानलले यसअघि सुनसरीका धरान र इटहरी उपमहानगरपालीकाको पनि यस्तै भिडियो निर्माण गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया