MENU

बातावरण-कृषि

Ncell Axiata
chhaka panja

रारा रेडपाण्डाका लागि उत्कृष्ट बासस्थान बन्दै

श्याम बिसी/उज्यालो । 

मुगु, भदौ २९ – आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्य बनेको रारा ताल रहेको रारा राष्ट्रिय निकुञ्ज लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको पनि मुख्य बासस्थानको थलो बन्न थालेको छ । रारा राष्ट्रिय निकुञ्जले पछिल्ला वर्षमा  रेडपाण्डाको संख्यामा पनि क्रमिक रुपले बढ्दै गएको जनाएको छ । 

गएको वर्षको सर्वेक्षण अनुसार निकुञ्ज क्षेत्रमा दुई सय हाराहारीमा रेडपाण्डा रहेको अनुमान गरिएको छ । निकुञ्ज अधिकृत लोकेन्द्र अधिकारीको रेडपाण्डाको प्रमुख बासस्थान रारा बन्न थालेको दाबी छ ।

‘यति नै छ भन्न त सकिँदैन’ अधिकारीले भने ‘रेडपाण्डाको दिसा, बास बसेको स्थान, हिँडेको पाइला परीक्षण गरेर अनुमानित संख्या पत्ता लगाइन्छ ।’ निकुञ्ज मुर्माटप, चुचुमारे, रुमखोला माझघट्ट लगायत निकुञ्ज क्षेत्रमा रेडपाण्डा बस्ने छ ।

रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा निगालो र रुखको टोड्काहरु धेरै भएकोले रेडपाण्डालाई बासस्थान गर्न सजिलो भएको छ । भौगोलिक र वातावरणीय हिसाबले रेडपाण्डाका लागि रारा उपयुक्त मानिएको अनुसन्धानले जनाएको छ ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केही दिन मौसममा सुधार नआउने

    काठमाडौं, असोज ५ – काठमाण्डौं उपत्यकासहित देशभरी कै मौसम बिहीबार खुल्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।

  • मनसुनी गतिविधि र जलवाष्पयुक्त हावाको कमजोरीले गर्मी बढ्यो

    काठमाडौं, भदौ ३१ – मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ ।

  • वातावरण संरक्षणमा काम गर्न स्थानीय तहलाई सरकारको निर्देशन

    काठमाडौं, भदौ ३१ – सरकारले सबै स्थानीय तहलाई वातावरणीय संरक्षणमा काम गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातावरण संरक्षणका लागि तत्कालीन र दीर्घकालिन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रणका लागि अन्य उपायसम्बन्धी दशबुँदे परिपत्र जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेको हो ।

  • बाढीले गैँडाका धेरै बच्चा बगाएको अनुमान

    चितवन, भदौ ३० – साउन अन्तिम हप्ता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ ।

  • ‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित)

    दिउँसो २ बजे निकुञ्जबाट शुरु भएको जंगल सफारीको टोली अपराह्न ४ बजे झण्डै १० किलोमिटर उत्तर बाल्कुने नजिकै पुग्यो । सडक छेउमै १० मिटर पर आराम गर्दै थियो विश्वकै दुर्लभ पाटेबाघ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया