MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

नेपथ्यको ‘सिरानमा फोटो’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं, भदौ २९ – लोकरक ब्याण्ड नेपथ्यले आफ्नो रजत उत्सव पारेर नयाँ म्यूजिक भिडियो  ‘मै मरी जाउँला’ सार्वजनिक गरेको छ । स्थापनाको २५ वर्ष पुगेको अवसरमा ब्याण्डले आफ्ना श्रोतालाई यो वर्षभरि नयाँ म्यूजिक भिडियो उपहार दिने घोषणा गरेको थियो । सेप्टेम्बर महिनाका निम्ति चयन गरिएको यो गीत नेपथ्यको नवौं एल्बम ‘ऐनाझ्याल’ बाट लिइएको हो ।

‘मै मरि जाउँला’ गीतका शब्द र संगीत लाङटाङ भेगतिर भेटिने लोकभाकामा आधारित छ जहाँ नेपथ्यको लोकप्रिय गीत ‘भेंडाको ऊनजस्तो’ खोजी गरिएको थियो । 
‘मै मरि जाउँला’ तामाङ सेलोमा आधारित गीत हो जसका शब्दले पछिल्लो समय वैदेशिक रोजगारमा  गएकाहरुको संवेदना बोकेको छ । विदेशमा गएर भोग्नुपरेका पीडालाई यस गीतले उजागर गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया