MENU

अर्थ

Ncell Axiata
sagun

अमेरिकाले नेपाललाई ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

वासिङ्गटन, भदौ २९ – अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलर (झण्डै ५० अर्ब रुपैयाँ बराबरको) रकमसम्बन्धी सम्झौतामा बिहीबार अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ । 

नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले हस्ताक्षर गर्दैहुनुहुन्छ ।

यो सम्झौता अनुसार कुल ६३ करोड डलरको कोष हुनेछ, जसमा नेपाल सरकारले १३ करोड डलरको योगदान हुनेछ भने अमेरिकी सरकारको ५० करोड डलर सहयोग हुनेछ । यो रकममार्फत लगानी गरेर नेपालको सडक सुधार र विद्युत विकासका लागि एक एकीकृत योजना बनाइनेछ । 

अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले भन्नुभयो– नेपालको दिगो विकासको लागि यो महत्वपूर्ण सम्झौता हो । यसले नेपालको दिगो विकासमा टेवा पुग्ने मलाई विश्वास छ । 

अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत नेपाल यो सुविधा पाउने दक्षिण एसियाली क्षेत्रको एक मात्र देश हो । एमसिसी नेपाल कम्प्याक्ट नाम दिइएको उक्त सम्झौता अन्तर्गत प्राप्त गर्ने रकमले नेपालको गरिबी न्यूनीकरणका लागि र महत्वपूर्ण पूर्वाधार निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ । 

नेपालको विद्युत सेवामा सुधार र सडकको विस्तारको लागि यो रकम खर्च गरिने भएकाले जनताको जीवनस्तरमाथि उकास्न र देशको दिगो विकासमा योगदान पुर्‍याउने विश्वास लिइएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया