MENU

अर्थ

Ncell Axiata
chhaka panja

​समीट माइक्रोफाइनान्सको हकप्रद आजबाट खुल्ला

काठमाडौं, भदौ २९ – समीट माइक्रोफाइनान्सको हकप्रद सेयर बिहीबारदेखि खुलेको छ । समीट माइक्रोफाइनान्सले एक बराबर एक का दरले ७ लाख २५ हजार रुपैयाँ कित्ता हकप्रद सेयर बिक्रि गर्न लागेको हो । 

भदौ आठ गतेसम्म कायम रहेका सेयर धनीले समीट माइक्रोफाइनान्सको हकप्रदका लागि आवेदन गर्न पाउने विक्रि प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ ।  हकप्रद प्रयोजनका लागि माइक्रोफाइनान्सले भदौ ९ गते नै सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । 

यसका लागि काठमाडौंको नक्सालमा रहेको सानिमा क्यापिटलको कार्यालय तथा समीट माइक्रोफाइनान्सका सबै कार्यालय तथा सानिमा बैंकका शाखा कार्यालयहरु धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, नारायणगढ, बीरगञ्ज र जनकपुरबाट आवेदन गर्न सकिनेछ । माइक्रोफाइनान्सको हकप्रद निष्काशन कात्तिक १ गते बन्द हुनेछ ।

हकप्रद निष्काशनपछि समीट माइक्रोफाइनान्स को चुक्ता पूँजी १४ करोड ५० लाख रुपैयाँ पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया