MENU

अर्थ

Ncell Axiata
sagun

यस्तो छ पोखरा फाइनान्सको एफपिओ बाँडफाँडको मोडल

काठमाडौं, भदौ २९ – पोखरा फाइनान्सको फर्दर पब्लिक अफरिङ (एफपिओ) बाँडफाँड भएको छ । एफपिओ आवेदकले १० देखि ३० कित्तासम्म सेयर पाएको बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ ।

आवेदकमध्ये १० कित्ताको मात्र आवेदन दिएका १४ हजार ९ सय ६८ जना सबैले सेयर पाएका छन् । त्यस्तै २० कित्ताका लागि आवेदन भरेका १० हजार एक सय ६ जनाले २० कित्ता नै सेयर पाएका छन् भने ३० कित्ताभन्दा धेरै माग गर्ने मध्ये गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।  

पोखरा फाइनान्सको एफपिओ  प्रति कित्तामा १ सय २० रुपैयाँ प्रिमियम जोडेर २ सय २० रुपैयाँमा जारी भएको थियो । 
फाइनान्सले नौ लाख ८३ हजार ६८२ कित्ता एफपिओ निष्काशन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया