MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

बाढीले गैँडाका धेरै बच्चा बगाएको अनुमान

चितवन, भदौ ३० – साउन अन्तिम हप्ता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ । 

सन् २०१५ मा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना गरिएको थियो । चार वर्षको फरकमा गैँडा गणना गरिँदै आएको छ । बाढीको ठूलो प्रभावका कारण अवस्था पहिचान गर्न तीन वर्षमा नै गणनाको प्रस्ताव गर्न लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार वास्तविक अवस्था थाहा हुन नसके पनि गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । 

एक वर्षमा ५० हाराहारी बच्चा जन्मने गरेको भन्दै उहाँले माउलाई समेत धेरै टाढा नदीले बगाएर पु¥याएको बताउनुभयो । बाढीका कारण प्रत्यक्षरुपमा तीन गैँडा मरेका थिए भने एउटा बाढीपछि घाँसको अभावमा चर्ने क्रममा जुधेर मरेको थियो । 

कँडेलका अनुसार बाढीले भारतको वाल्मीकि टाइगर रिजर्भ पुर्‍याएका आठ गैँडालाई उद्धार गरी ल्याइएको छ । एउटा अझै भारतमा रहेको बताइएको छ । नेपालतर्फ नवलपरासीको नरसहीमा एउटा र त्रिवेणीमा बच्चासहित एउटा गैँडा रहेको कँडेलले बताउनुभयो । 

निकुञ्ज हुँदै बग्ने नदी छेउछाउमा घाँसे मैदान व्यवस्थापन गरिएको छ । घाँस र पानी पाउने भएपछि गैँडा नदी छेउमा नै बस्ने गर्छन् । साना गैँडाका बच्चा आमा सँगसँगै हिँड्ने गर्छ । 

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गैँडाका बच्चा करिब तीन वर्षसम्म आमासँगै हिँड्ने गर्छ । यसलाई हेर्दा १५० वटाजति बच्चा आमासँगै रहेको अनुमान गरिएको छ । 

गत साउनमा अबिरल वर्षसँगै आएको बाढी आएपछि गैँडा बगाएको थियो । भारतीय क्षेत्रबाट उद्धार गरिएका अधिकांश गैँडा वयस्क रहेका छन् । बाढीले आफ्नो क्षेत्रभन्दा अन्यत्र पुर्‍याएकाले पनि निकुञ्जका गैँडा अहिले अन्योलमा परेको कर्मचारीको भनाइ छ । 

झण्डै तीन सातासम्म खान नपाएर कष्टकररुपमा रहेकाले उद्धार गरिएका गैँडा दुब्लाएर हाड छाला मात्र भएको अवस्थामा भेटिएका थिए । वास्तविक तथ्यांकको अवस्थालाई थाहा पाउन सन् २०१८ मा गैँडा गणना गर्नुपर्ने प्रस्ताव गर्न लागिएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । सन् २०१५ को गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका थिए । त्यसपछि बर्दियामा आठवटा र शुक्लाफाँटामा पाँच स्थानान्तरण गरिएको छ । 

बाढीले बाघसमेत बगाएको प्रत्यक्षदर्शीले जनाएको भन्दै उहाँले यसै मंसिरमा बाघ गणना गरिने भएकाले बाघको वास्तविक तथ्यांक आउने बताउनुभयो । बाढीले मांसाहारीका आहारा प्रजातिका जरायो, लगुना, मृग, बँदेल, चित्तलजस्ता जनावर एक हजारभन्दा बढी मरेको अनुमान गरिएको छ । 

बाढीबाट निकुञ्जको समग्र पर्या–पर्यावरण खलबलिएपछि यसलाई पूर्ववत् अवस्थामा ल्याउन निकुञ्ज र दातृ निकायसँग छलफल शुरु भएको कँडेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • समुद्री चरा संकटमा

    मंसिर २६ – माछा मार्ने क्रम बढ्नु र बदलिँदो समुद्री तापक्रमका कारण समुद्रमा आधारित चरा लोप हुने अवस्थामा पुगेको नयाँ तथ्यांकले देखाएको छ । विश्वमा चराको संख्याका बारेमा भएको नयाँ अध्ययन अनुसार समुद्रमा आधारित चरा अस्तित्वका लागि संघर्षमा रहेको देखिएको हो ।

  • बझाङमा पनि हिमपात : जनजीवन प्रभावित

    डीबी विष्ट / उज्यालो  बझाङ, मंसिर २६ – बझाङमा वर्षासँगै हिमपात भएको छ । सोमबार रातीबाट प...

  • वर्षा नहुँदा गहुँ छर्न समस्या

    बैतडी, मंसिर २१ – आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् ।

  • आज कहाँ पानी पर्ने सम्भावना, कहाँ पर्दैन ?

    काठमाडौं, मंसिर २१ – देशका एक दुई ठाउँमा बिहीबार फाट्टफुट्ट पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । भारतको गुजरात नजिकै अरब सागरमा बनेको सामुन्द्रिक चक्रवात ओकी को प्रभावले पश्चिममा र बंगालको खाडीमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वका एक दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने संभावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

  • प्रकृति र वन्यजन्तु संरक्षणलाई पाठ्यक्रममा समावेश गर्न प्रभावकारी हुने :विज्ञ

    काठमाडौं मंसिर १९ – प्रकृति र वन्यजन्तु संरक्षणलाई पाठ्यक्रममा समावेश गर्न सकेमा वातावरण संरक्षण अभियान प्रभावकारी हुने विज्ञहरुले जनाएका छन् । प्रकृति र वन्यजन्तुका विषयलाई विद्यालय शिक्षासँग जोड्न सकिए संरक्षणमा प्रभावकारी नतिजा आउनेमा उनीहरुले जोड दिएका हुन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया